दाङ, घोराही उप-महानगरपालिका सवारिकोट मा फेरी अर्को घटना घटेको छ l जसमा आफ्नो श्रीमान संग भारत गएकी श्रीमती सम्पर्क बिहिन भएकी छिन् l लगभग छोरि हराएको १ महिना बित्दा सम्म पनि केहि सम्पर्कमा नआए पछि आमा बाबु दुखित बनेका छन् l सानो बच्चा आमा बुबा को साथ मा जिम्मा लगाई छोडेर भारत कमाउन गएका छोरि ज्वाई सम्पर्क बिहिन भएपछि आमा बाबु ले ज्वाई ले छोरि बेचेको कुरा गरेका छन् l बेला बेलामा ज्वाईले छोरि लाई पिट्ने कुट्ने गर्ने गरेको हुनाले छोरि लाई ज्वाई ले बेचेको आशंखा गरेका छन् l आफ्नो छोरि को कि लास चाहियो कि सास चहियो भन्ने कुरा आमा बाबुले गरेका छन् l सानो बच्चा छोडी भारत गएका श्रीमान श्रीमती सम्म एक महिना सम्पर्क बिहिन भएपछि आमा बाबुलाई बच्चाको लालनपालन गर्न गार्हो हुने र सानो बच्चाले आफ्नो आमा बुबा खोज्ने गरेको कुरा गरेका छन् l जहाँ जे जस्तो अवस्था मा भए पनि घर आउन अनुरोध आमाले गरेकी छिन l
पुरा भिडियो सहित हेर्नुहोस