नेपालमा कोरोना भाइरसको कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ l गुल्मी मदाने गाउपालिका पुर्कोट घर भएका उनि गत जेष्ठ १ गते ज्वरो र रुघाखोकी लागे पछि उनलाई रुपन्देहीको तिलोत्तमा स्थित क्रिमसन अस्पताल मा भर्ना गरिएको थियो l
भर्ना भएको दिनदेखि भेन्टिलेटर को सहायतामा आइसियुमा उनको उपचार भैरहेको थियो l पेशाले मिर्तक शिक्षक थिए l उनैको विधालय मा क्वारेन्टाइन भएकाले त्यहीबाट उनलाई संक्रमण सरेको आशंका गरिन्छ l
यो यसै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या ३ पुगेको छ l