सप्तरीका पञ्चहरूलाई पहिलोपटक कै”द सजाय भएको छ भने सामूहिक बला”त्कार घ”टनाका मुख्य दोषीलाई बिहीबार जनही १३ वर्ष कै”द सजाय भएको छ। डाक्नेश्वरी नगरपालिका ७ की १७ वर्षीया बालिकालाई सामूहिक बला”त्कार गरेको आ”रोपमा १७ वर्षीय दुई बालकलाई जनही १३ वर्ष कै”द सजायको फैसला भएको अदालतले जनाएको छ। जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आ”रोपितहरूलाई जनही १३ वर्ष कैदका साथै पी”डित परिवारलाई जनही १ लाख रुपैयाँ क्षतिपूर्ती वापत भराउने फैसला भएको स्रेस्तेदार कुमार मास्केले बताए।
बला”त्कारको आ”रोपमा ०७७ असोज १ गते प”क्राउ परेका आरोपित दुवै बालकहरू असोज २७ गतेदेखि पुर्पक्षका लागि बाल सुधार गृह वीरगञ्जमा छन्। सोही घ”टनामा मतियार ठहर गर्दै आरोपित २७ वर्षीय धर्मानन्द मण्डललाई ६ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ पीडित परिवारलाई क्षतिपूर्ति भराउने फैसला भएको छ। अर्का मतियार २५ वर्षीय विसु भनिने विष्णु मण्डलको हकमा प”क्राउ परेपछि मुद्दा जगाउने गरी मुल्तबी राख्ने फैसला भएको श्रेस्तेदार मास्केले बताए।
सप्तरी जिल्ला अदालतबाट पहिलोपटक गत पुस १८ गते पञ्चहरूलाई कै’द सजायको फैसला गर्दै ५० वर्षीय शत्रुघन मण्डल र ४५ वर्षीय उचितलाल मण्डललाई एक वर्ष कैद र २५ हजार रुपैयाँ पी’डित परिवारलाई क्षतिपूर्तिवापतको रकम भराउने फैसला भएको थियो। कैद सजाय पाएका शत्रुघ्न डाक्नेश्वरी नगरपालिका–७ का वडाध्यक्ष हुन्। उनकै घरमा पञ्चायत बसेको थियो। प्र’हरीको टोलीले राजविराजबाट ०७७ पुस ६ गते शत्रुघ्नलाई प’क्राउ गरेकोमा अदालतले ०७७ पुस ८ गते २ लाख रुपैयाँ धरौटी राखी पुर्पक्षका लागि रिहा गरेको थियो।
सामूहिक बला”त्कारका चारजना आ”रोपितबिरुद्ध उजुरी गर्न पञ्चहरूले रोक लगाएपछि घ’टनाको दोस्रो दिन ०७७ भदौ ३० गते पी’डित बालिकाले आत्मह”त्या गरेकी थिइन्। धानखेतमा पानीको अवस्था हेर्न गएकी पी”डितमाथि ०७७ भदौ २९ गते बिहान सामुहिक बला”त्कार भएको जानकारी दिँदै पीडितकी आमाले प्रह’री कार्यालय जान खोज्दा गाउँलेहरूले नै रोक लगाउँदै धम्कीपूर्ण चेतावनी दिएपछि पी”डित बालिकाले घरमै पासोमा झु”ण्डिएर आत्मह”त्या गरेकी थिइन्।
पञ्चायतमा सहभागी शत्रुघ्नका दाजु ६५ वर्षीय जयकान्त मण्डल, भाइ ४५ वर्षीय देबु मण्डल, सोही उमेरका बिन्देश्वर मण्डल, बंशराज मण्डल, ५० वर्षीय सत्यनारायण मण्डल र ६० वर्षीय बासुदेव मण्डललाई जनही २० हजार रुपैयाँ जरिवाना गरी निजहरू सवैबाट जनही २५ हजार पीडित परिवारलाई क्षतिपूर्तिवापतको रकम भराउने फैसला भएको थियो।
यो पनि-झापाको मेचीनगरबाट ठूलो परिणाममा चाँदीका गरगहनासहित एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बाहुण्डाँगीका इन्स्पेक्टर विदुर भट्टराईको नेतृत्वमा खटिएको टोलीले मेचीनगर नगरपालिका–४ स्थित दशगजा इलाकाबाट ५०० मिटर पश्चिम बाहुण्डाँगी बजार नजिकैबाट महोत्तरी जिल्ल बर्दिबास–३ निवासी ४४ वर्षीय यादवराज घिमिरेलाई चाँदीको गरगहना र कस्तुरीको बिनासहित प”क्राउ गरेको हो ।
बिहीबार मध्यराति १२ बजे घिमिरेले मे ५ प २२०४ को मोटरसाइकलमा काँकडभिट्टातर्फ गइरहेको अवस्थामा शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको चाँदीको गरगहना र कस्तुरीको बिना फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको चाँदीको मुल्य सात लाख,मोटरसाइकलको एक लाख मूल्यांकन तोकेर आवश्यक कारबाहीका लागि सम्बन्धित निकाय बुझाउने तयारी भइरहेको जनाइएको छ।
यो पनि-भक्तपुरमा टहरामा झु”न्डिएर एकजनाले आत्मह”त्या गरेका छन् । चाँगुनारायण नगरपालिका १ सरस्वतीखेल बस्ने ४२ वर्षीय निरज थापाले सेतो नाइलनको डोरीको पा”सो लगाइ आत्मह”त्या’ गरेको प्रहरीले बताएको छ। मध्यपुरठिमी नगरपालिका ९ बोडे सिन्टिटार स्थित क्रियापुत्री भवनमा जोडिएको जस्ताको टहराको छानाको फलामको डन्डीमा सेतो नाइलनको डोरीको पा”सो लगाइ झु”’न्डिएको अवस्थामा पाएको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जानकारी गराए । शव पो”ष्टमार्टमका लागि दुवाकोट अस्पताल लगिएको पाण्डेले जनाए ।