क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका छन् । नाबालिग बला”त्कारको आ’रोप लागेका लामिछाने बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका हुन् । उच्च अदालत पाटनले दिएको आदेशमा २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले अहिले उक्त रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्याएर लामिछाने भोलिमात्र रिहा हुने केन्द्रीय कारा’गार प्रशासनले जनाएको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएका छन् । सन्दीपलाई विदेश जान भने रोक लगाइएको सन्दीपको पक्षबाट बहस गरेका अधिवक्ता मुरारी सापकोटाले जानकारी दिए ।
यो पनि-झापाको मेचीनगरबाट ठूलो परिणाममा चाँदीका गरगहनासहित एकजनालाई सशस्त्र प्र’हरीले प’क्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बाहुण्डाँगीका इन्स्पेक्टर विदुर भट्टराईको नेतृत्वमा खटिएको टोलीले मेचीनगर नगरपालिका–४ स्थित दशगजा इलाकाबाट ५०० मिटर पश्चिम बाहुण्डाँगी बजार नजिकैबाट महोत्तरी जिल्ल बर्दिबास–३ निवासी ४४ वर्षीय यादवराज घिमिरेलाई चाँदीको गरगहना र कस्तुरीको बिनासहित प’क्राउ गरेको हो ।
बिहीबार मध्यराति १२ बजे घिमिरेले मे ५ प २२०४ को मोटरसाइकलमा काँकडभिट्टातर्फ गइरहेको अवस्थामा शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको चाँदीको गरगहना र कस्तुरीको बिना फेला परेको सशस्त्र प्र’हरीले जनाएको छ । बरामद गरिएको चाँदीको मुल्य सात लाख,मोटरसाइकलको एक लाख मूल्यांकन तोकेर आवश्यक कारबाहीका लागि सम्बन्धित निकाय बुझाउने तयारी भइरहेको जनाइएको छ।