जे’लबाट अदालत लगियो सन्दीप लामिछानेलाई


बला”त्कार आरोप लागेका क्रिकेटर कप्तान सन्दीप लामिछानेलाई केन्द्रीय कारा’गारबाट निकालेर जिल्ला अदालत काठमाडौं लगएको छ। शुक्रबार दिउँसो उनलाई केन्द्रीय कारागार सुन्धाराबाट का’रागारबाट जिल्ला अदालत काठमाडौं लगिएको हो। अदालतमा तारेख बुझेपछि उनलाई कैदमुक्त गर्न फेरि कारागार ल्याइने जेलर ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए। उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो।

जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशविरूद्ध उच्च अदालत पाटनमा दिइएको पुनरावलोकनको निवेदनमाथि सुनुवाइमा धरौटीमा लिएर थुनामुक्त गर्न आदेश गरेको हो। पाटन उच्च अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार लामिछाने काठमाडौं उपत्यका बाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिनुपर्नेछ भने पी’डित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो।

गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौंमा लामिछानेविरूद्ध परेको मुद्दामा थुनछेक बहस सुरू भएको थियो। लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए। लामिछानेमाथि नाबालिग किशोरीलाई बला’त्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो।

यो पनि-पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक संकटमा परेका व्यवसायीलाई सरकारले सहुलियत दिनपुर्ने बताएका छन्। वालिङ् उद्योग वाणिज्य संघ तथा ऋण उपभोक्ता समस्या सहजीकरण समिति स्याङ्जाले आयोजना गरेको नेपालको अर्थतन्त्र बैंक तथा बित्तिय संस्था र उद्योगीबीचको अन्तर्क्रियामा खतिवडाले अर्थतन्त्र सुधार्न सरकारले सहयोग गर्नुपर्ने बताए। उनले भने, ‘ऋणको पुनर्ताजगीकरण, पुनसंरचना र कर्जा निस्क्रिय हुदाँ राख्नुपर्ने ब्याजमा राष्ट्रबैंकले सहुलियत गर्नुपर्छ।

अर्थ मन्त्रालयले सहजीकरण गर्दै सरकारले जिल्लाबाट जग्गा वर्गीकरणको समस्या हल गर्दै जाने हो भने केही समस्या समाधान हुनसक्छ।’ आर्थिक मन्दीका बेला बैंक सञ्चालकले खर्चमा कटौती गर्नुपर्ने उनले बताए। ‘बैंक तथा बित्तिय संस्थाले अस्वाभाविक नाफा नकमाउनुहोस्, ब्याजदर ४ प्रतिशतमा सीमित राख्दा ८/९ प्रतिशत निक्षेप गर्दा १२ प्रतिशत भन्दा बढी बैंकको ब्याजदर हुदैन।’ डा. खतिवडाले भने, ‘तोकेको भन्दा बढी रकम लिने बैंकलाई राष्ट्र बैंकले कारवाही गर्नुपर्छ। २ अंकको नजिकमा लगानीको ब्याजदर र निक्षेपको ब्याजदर केही घटाएमा लगानीकर्तामा राहत पुग्छ। ’