नाबालिगमाथि बला”त्कार आ”रोपित सन्दीप लामिछाने २० लाख धरौटी तिरेर जेलबाट छुट्दैछन्। बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालले उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए। यो मुद्दाको किनारा भने लागिसकेको छैन। अहिले राष्ट्रिय क्रिकेट टिमबाट सन्दीप निलम्बनमा छन्। बला”त्कारको आ”रोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो।
सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा गरेर राष्ट्रिय टिममा फर्काउन मिल्ने वा नमिल्ने विषयमा क्यानले कानुन व्यवसायीसँग छलफल गर्ने भएको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार यो विषयमा क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग पनि सुझाव माग्नेछ। त्यसपछि मात्र क्यानले निर्णय गर्ने क्यान अध्यक्ष चतुरबहादुर चन्दको भनाइ छ। १७ वर्षीया नाबालिगमाथि बला”त्कार गरेको आरोप लागेका सन्दीपलाई अदालतले ५ वटा शर्तमा मात्रै थुनामुक्त गर्न आदेश दिएको हो।
उक्त आदेशको पालना नगरी उल्लंघन गरेको पाइएमा उनी पुन: थुनामा पठाइने छन्। उनलाई अदालतले विदेश जान रोक लगाएको छ। काठमाडौं उपत्यका छाड्न पनि जिल्ला प्रहरी परिसर काठमाडौंको अनुमतिमा मात्रै पाउने छन्। अदालतले उनीमाथि निगरानी राख्न पनि भनेको छ। आदेशहरूको पालनाको प्रभावकारिताको प्रयोजनका लागि सन्दीपको गतिविधिको निगरानी गर्ने एवं उनको मोबाइल नम्बर, वा विवरणको सञ्चार संचार अभिलेख गर्न प्र”हरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्ने भनिएको छ।
https://youtu.be/rFvb1cV6K6M
यो पनि-पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक संकटमा परेका व्यवसायीलाई सरकारले सहुलियत दिनपुर्ने बताएका छन्। वालिङ् उद्योग वाणिज्य संघ तथा ऋण उपभोक्ता समस्या सहजीकरण समिति स्याङ्जाले आयोजना गरेको नेपालको अर्थतन्त्र बैंक तथा बित्तिय संस्था र उद्योगीबीचको अन्तर्क्रियामा खतिवडाले अर्थतन्त्र सुधार्न सरकारले सहयोग गर्नुपर्ने बताए। उनले भने, ‘ऋणको पुनर्ताजगीकरण, पुनसंरचना र कर्जा निस्क्रिय हुदाँ राख्नुपर्ने ब्याजमा राष्ट्रबैंकले सहुलियत गर्नुपर्छ।
अर्थ मन्त्रालयले सहजीकरण गर्दै सरकारले जिल्लाबाट जग्गा वर्गीकरणको समस्या हल गर्दै जाने हो भने केही समस्या समाधान हुनसक्छ। आर्थिक मन्दीका बेला बैंक सञ्चालकले खर्चमा कटौती गर्नुपर्ने उनले बताए। ‘बैंक तथा बित्तिय संस्थाले अस्वाभाविक नाफा नकमाउनुहोस्, ब्याजदर ४ प्रतिशतमा सीमित राख्दा ८/९ प्रतिशत निक्षेप गर्दा १२ प्रतिशत भन्दा बढी बैंकको ब्याजदर हुदैन।’ डा. खतिवडाले भने, ‘तोकेको भन्दा बढी रकम लिने बैंकलाई राष्ट्र बैंकले कारवाही गर्नुपर्छ। २ अंकको नजिकमा लगानीको ब्याजदर र निक्षेपको ब्याजदर केही घटाएमा लगानीकर्तामा राहत पुग्छ।