बाबुआमाको शव सुरक्षित राख्न गाउँमा ‘डिप फ्रिज’


बागलुङ — तीन छोरा जापानमा थिए, गलकोट नगरपालिका–८ का चूडामणि कँडेलको अघिल्लो वर्ष साउन ११ मा नि’धन भयो । चाहेर पनि छोराहरू गुणखर, खिमलाल र ज्ञानप्रसाद झट्टै घर फर्कन सम्भव थिएन । उनीहरूले आफन्तलाई भने– तीन/चार दिनसम्म जसरी भए पनि आइपुग्छौं । गर्मीको याम, त्यतिका दिन शवलाई कसरी जोगाएर राख्ने ? अझ वैदेशिक रोजगारीले गाउँमा युवा नै नभएको अवस्थामा तीन/चार दिनसम्म शव कुरेर को बस्ने ? दुवैतर्फबाट सल्लाह भयो– डिप फ्रिज किनेर श”व सुरक्षित राख्ने ।

२ लाख ५० हजार रुपैयाँ हालेर फ्रिज किनियो, श”वलाई सुरक्षित राखियो । चार दिनपछि आइपुगेका छोराहरूले पिता चूडामणिको विधिपूर्वक अन्त्येष्टि गरे । चूडामणिको अ”न्त्येष्टि भयो तर गाउँमा एउटा उपाय जन्मियो । वैदेशिक रोजगारीले साराका सारा युवा विदेशिएको गाउँमा छोराहरू फर्किउन्जेल श”व राख्न डिप फ्रिज भरपर्दो साधन ठहरियो । त्यसैले डिप फ्रिजलाई व्यक्तिको घरबाट गलकोट–८ पचुवास्थित काँडेबास स्वास्थ्यचौकीमा राखिएको छ । जसलाई आपत् पर्छ, उसले सेवा लिने व्यवस्था गरिएको छ ।

गएको जेठ २८ मा गलकोट–९ बाँस्खोलाकी चन्द्रकुमारी सापकोटाको मृ”त्यु भयो । छोरा प्रकाश न्युजिल्यान्ड थिए । सरसल्लाहपछि छिमेकीले चन्द्रकुमारीको शव स्वास्थ्यचौकीको डिप फ्रिजमा लगेर राखे । कुरुवा पनि चाहिएन । चौथो दिन स्वदेश फर्किएका प्रकाशले आमाको काजकिरिया गरे । गत वर्षको माघ ११ मा बाँस्खोलाकै गगनबहादुर मल्लको निधन हुँदा छोराबुहारी नेपालमा थिएनन् । जापानमा काम गर्ने छोरा राजुसहित परिवारका सदस्य आइपुग्न ५ दिन लागेको थियो । तर शव सुरक्षित थियो ।

छैटौं दिन उनीहरूले बाबुको काजकिरिया सुरु गरे । वैदेशिक रोजगारीबाट धानिएको बस्ती भएकाले डिप फ्रिज उपयोगी भएको बताउँछन् भैरव मावि बाँस्खोलाका शिक्षक विष्णु मल्ल । ‘यसरी श”व सुरक्षित राख्न सकिन्छ भन्ने न जानकारी थियो न सुविधा । समयमा आउन नपाउने छोराछोरीले बाबुआमाको मुख देख्न नपाउने नियति थियो तर अहिले सबैलाई यो सुविधा प्राप्त भएको छ ।’ काँडेबास स्वास्थ्य चौकीकी प्रमुख प्रतीक्षा लामटाँगेले एउटा कोठा छुट्याएर डिप फ्रिज राखिएको बताउँछिन् ।

भन्छिन्, ‘बिजुली नियमित भए धेरै दिनसम्म पनि शव सुरक्षित रहन्छ, यो विषयमा धेरैको भावना पनि जोडिएको छ । धेरै जनाले यो सेवाको प्रशंसा गर्नुभएको छ । डिप फ्रिजलाई नियमित बिजुली दिँदा स्वास्थ्य चौकीको खर्च भने बढेको उनको भनाइ छ । श”व राख्दा कुनै शुल्क लिइँदैन । ‘स्वस्फूर्त कसैले केही रकम दिनुभएको छ, त्यसैले कोष बनाउने तयारी गर्दै छौं,’ भन्छिन्, ‘कोष बनेपछि विद्युत् खर्च र मर्मत गर्नुपरेमा त्यसबाटै गर्ने तयारी छ ।’

गलकोट नगरपालिकाका ११ वटै वडा र ताराखोला गाउँपालिकाका केही वडासमेतलाई गलकोट क्षेत्र भनिन्छ । यहाँका धेरैजसो युवा जापान र युरोपमा छन् । यो क्षेत्रका करिब ६० हजार जना विदेशमा रहेको अन्तर्राष्ट्रिय गलकोट समाजका अध्यक्ष बेलुकाजी थापाको भनाइ छ । ‘करिब ५० हजार जना त जापानमै छन् । कोरियामा ४ हजार छन्, युरोप पनि छरिएका छन्,’ भन्छन्, ‘एकै घरका ४/५ जना पनि जापान पुगेका छन्, घरमा त आमाबाबु र बालबालिका मात्रै ।

थापाका अनुसार विश्वका १२ देशमा गलकोट समाज गठन भइसकेको छ । जापान र कोरियामा बस्नेले घरमा पैसा पठाउँछन् भने युरोप पसेकाले परिवारै पनि लैजाने गरेका छन् । गाउँमा बाबुआमाको मृत्यु हुँदा आउँछन् । तर, फर्कन दुई/चार दिनदेखि साता/दस दिनसम्म लाग्नु सामान्य हो । बाबुआमाको मुख हेर्ने धोको पूरा गर्नेहरूलाई डिप फ्रिज उपयोगी भएको छ ।

यो पनी-नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति खोटाङले जिल्लामा सञ्चालित क्रसर उद्योगको विवरण बुझाउन जिल्लास्थित सबै स्थानीय तहलाई आग्रह गरेको छ । गृह मन्त्रालयबाट यही पुस २२ गते प्राप्त पत्रको आधारमा जिल्ला अनुगमन समिति खोटाङको शुक्रबार बसेको बैठकले क्रसर उद्योग सञ्चालन भए नभएको यथार्थ विवरण बुझाउन जिल्लाका दशवटै स्थानीय तहलाई आग्रह गरेको हो । स्थानीय तहलाई लेखिएको पत्रमा व्यावसायिक क्रसर उद्योग सञ्चालन तथा नदीजन्य र खानीजन्य पदार्थ कुन–कुन स्थानमा उत्खनन भइरहेका छन् भन्ने यथार्थ विवरण सात दिनभित्र अनिवार्य बुझाउन समयसीमा तोकिएको छ ।

समितिको बैठकले जिल्लामा सञ्चालित क्रसर उद्योग तथा नदीजन्य र खानीजन्य पदार्थ उत्खननको अवस्था अनुगमन गर्ने अधिकार प्रहरी प्रशासनलाई दिने निर्णय गरेको समितिले जनाएको छ । क्रसर उद्योग सञ्चालन तथा नदीजन्य र खानीजन्य पदार्थ उत्खनन गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गरे नगरेको खुलाउन निर्देशन दिइएको समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिए ।

“जिल्लाका अधिकांश क्रसर उद्योग तथा नदीजन्य र खानीजन्य पदार्थ उत्खनन वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सञ्चालन भएको पाइएको छ”, उनले भने, “आगामी दिनमा नियमन गर्ने उद्देश्यले हरेक स्थानीय तहमा कार्यदल गठन गर्दै अनुगमनलाई चुस्त तथा दुरुस्त बनाउन पत्रमार्फत आग्रह गरिएको छ । जिल्लामा कति क्रसर उद्योग सञ्चालनमा छन् भन्ने अहिलेसम्म कुनै निकायसँग यथार्थ विवरण भेटिएको छैन ।

जिल्ला प्रशासन कार्यालय खोटाङले पुस–२४ गते गृहमन्त्रालयमा पठाएको पत्रमा दुईवटा क्रसर उद्योग सञ्चालनमा रहेको र एउटाले सञ्चालनका लागि अनुमति लिएको उल्लेख छ । प्रशासनले पठाएको पत्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र सोही नगरपालिकाको वडा नं ४ खाल्लेमा क्रसर उद्योग सञ्चालन रहेको भनिएको छ । नेर्पामा प्रतिज्ञा निर्माण सेवा एण्ड सप्लायर्स र खाल्लेमा खोटाङ हलेसी कन्ट्रक्सन प्रालिको नाममा क्रसर उद्योग सञ्चालनमा रहेको भेटिएको जिल्ला प्रशासन कार्यालय खोटाङका शाखा अधिकृत भूपेन्द्र राईले बताए ।