गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीका लागि न्याय माग्दै धर्नामा बसिरहेका महिला अधिकारकर्मीहरूलाई धर्ना रोकेर घर फर्कन आग्रह गर्दै दोषीमाथि कार’बाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । माइतीघरमा रुबी खानको नेतृत्वमा धर्ना बसेका महिला अधिकारकर्मीहरूलाई शनिबार भेटेर गृहमन्त्री लामिछानेले धर्ना स्थगित गरेर घर फर्कन आग्रह गरेका हुन् । पी’डितहरूले धर्ना बसेर प्रदर्शन गरिदिँदा अनुसन्धान प्रभावित हुनसक्ने भन्दै गृहमन्त्री लामिछानेले आफूले दोषीलाई कुनै हालतमा पनि कारबाही गर्ने बताए ।
तर यो मुद्दा जटिल बन्दै गएकाले अनुसन्धानमा केही समय लाग्नसक्ने उनको भनाइ छ । निर्मला कुर्मीले न्याय नपाएपछि माइतीघरमा महिला अधिकारकर्मीहरूले लालटिन बालेर प्रदर्शन गरेपछि गृहमन्त्री लामिछाले त्यहाँ पुगेर पी’डितहरूलाई भेट गरेका हुन् । अघिल्लो सरकारबाट भएका अनुसन्धानमा पनि केही त्रुटि भए होलान् । त्यसलाई पनि सच्याउनु पर्नेछ । मैले यो घ’टनालाई अति संवेदनशील रुपमा लिएको छु । यसमा संलग्न व्यक्तिहरूमाथि पनि कारबाही हुन्छ । तपाइँहरूलाई म विश्वस्त बनाउन चाहन्छु ।
तपाईँहरू यो चिसोमा यसरी दुख पाएर बस्दा मलाई पनि सहज लागिरहेको छैन । तपाईँहरू यसरी धर्ना नबसे पनि सरकारले गर्ने कारबाही गरिरहेको हुन्छ । त्यसैले यो चिसोमा नबसेर घरमा गइदिनुहोला । बरु सरकारले के सहयोग गर्नु पर्छ त्यसका लागि म तयार छु,’ गृहमन्त्री लामिछानेले भनेका थिए । प्रदर्नकारीहरूको पक्षबाट रुवी खानले यो सरकारबाट न्याय पाउनेमा आफूहरू आशावादी रहेको प्रतिक्रिया दिएकी थिइन् । साथै धर्ना नछाड्ने बरु सरकारलाई अनुसन्धानमा सहयोग गर्न आफूहरू तयार रहेको खानको अडान थियो ।
यो पनि-अनियमितता गर्ने सहकारीको सङ्ख्या दैनिकरुपमा बढिरहेको गुनासो आएपछि काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीको नियमितरुपमा अनुगमन गर्ने भएको छ । कामपाको सहकारी विभागले ३२ वटै वडामा रहेका सहकारीको अनुगमन गर्ने भएको हो । नागरिकसँग लिएको पैसा समयमा नै फिर्ता नगरेर उजुरी परेका सहकारीलाई ध्यानमा राखेर महानगरपालिकाले अनुगमन तीव्र बनाएको हो । वडागतरुपमा सहकारी सङ्ख्याका आधारमा अनुगमन गरिनेछ ।
नागरिकलाई ठगी गर्ने सहकारीको सङ्ख्या धेरै रहेको उजुरी आएकाले अनुगमन गर्न लागिएको कामपाका सहकारी विभाग प्रमुख देवेन्द्र पोखरेलले जानकारी दिनुभयो । पहिलो चरणमा नियम बाहिर रही सञ्चालन भएका र बचतकर्ताको रकम फिर्ता गर्न आनाकानी गरिरहेका सहकारीको अनुगमन गरिनेछ”, उहाँले भन्नुभयो । दोस्रो चरणमा अन्यलाई अनुगमन गरी आवश्यकताअनुरुप निर्देशन दिइने विभागका प्रमुख पोखरेलले बताउनुभयो । अनुगमनका क्रममा कामपाले दिएको निर्देशन पालना नगरे सहकारी ऐनअनुरुप कारवाहीको प्रक्रिया अघि बढाउने कामपाको तयारी छ ।
सबै सहकारी काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ अनुसार सञ्चालन भएका छन् । पछिल्लो २० दिनयता रकम ठगी गरेको भन्दै उजुरी गर्नेको सङ्ख्यामा कमी आए पनि विगतका वर्षको तुलनामा यस वर्ष अत्यधिकमात्रामा ठगीका उजुरी परेकाले कामपाले अनुगमन गर्ने तयारी गरेको हो । कामपामा एक महिनाअघि दैनिक १५ वटासम्म उजुरी आउने गरेको थियो । अहिले दैनिक तीन/चार वटा उजुरी आउने गरेको बताइएको छ । अनुगमनको काम तत्काल सुरु गर्न टोली गठनको तयारी भइरहेको छ ।