पोखरामा यति विमान दु’र्घटना : सेती खोंचमा देखिएका १४ श’व निकाल्ने प्रयास जारी


पोखराको सेती खोंचमा आइतबार बिहान भएको विमान दु”र्घटनाबाट २९ जनाको शव संकलन गरिएको छ । हालसम्म २९ शवको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए । १४ वटा शव सेती खोंचमा फेला परेको तर निकाल्न गाह्रो भइरहेको र निकाल्ने प्रयास जारी रहेको एसपी केसीले बताए । आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँगाउँको खोंचमा विमान दु”र्घटना भएको थियो ।

उक्त विमानलाई यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । क्याप्टेन केसी प्रशिक्षक पाइलट पनि हुन् । यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए । नेपालमा ७२ यात्रु क्षमताको एटीआर विमान दुर्घटना भएको यो पहिलो घ”टना हो । नागरिक उड्डयन प्राधिकरणद्वारा जारी एभिएसन सेफ्टी रिपोर्ट अनुसार पोखरामा व्यवसायिक उडान अन्तर्गत भएको यो दोस्रो दु”र्घटना हो । यसअघि ०५९ भदौ ६ गते सांग्रिला एयरको ट्वीनअटर दु”र्घटना हुँदा चालक दलका सदस्यसहित १८ जनाको मृत्यु भएको थियो ।

विमानमा ६८ यात्रुसहित ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए । बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको नयाँगाउँस्थित सेतीको खोंचमा दुर्घटनामा परेको थियो । दु”र्घटनामा पर्ने यतिको उक्त विमान पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अवतरण गर्ने विमान थियो ।

यस्तै-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आँफै पोखरा जाने भएका छन् । पोखरामा यती एयरको जहाज दु”र्घटनाामा परेको छ । सोही निरीक्षणका लागि प्रधानमन्त्री पोखरा जाने भएका हुन् । यतिबेला मन्त्रिपरिषदको आकस्मिक बैठक वालुवाटारमा बसिरहेको छ । आइतबार बिहान पोखरामा भएको यती एयरको ९एन–एएनसी एटीआर–७२ जहाज दु”र्घटना हुँदा ३२ जनाको ज्यान गइसकेको छ । त्यस्तै अन्यको उद्धार भइरहेको छ । उक्त दुर्घ”टनाग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७२ जना भएको खुलेको छ ।