दु’र्घटनाग्रस्त विमानमा ट्रमा सेन्टरका डा. सुशील श्रेष्ठ दम्पती र १० महिने बच्चा पनि सवार


पोखरामा दुर्घ”टनाग्रस्त यती एयरलाइन्सको विमानमा दुई जना चिकित्सक पनि सवार रहेको पाइएको छ। उनीहरूको साथमा सानो बच्चा समेत रहेको बताइएको छ। उनीहरू राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३३ वर्षीय डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारक रहेको ट्रमा सेन्टरमा पूर्वनिर्देशक डा. सन्तोष पौडेलले पुष्टि गरेका छन्। पोखरामा दु”र्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा दुई जना चिकित्सक पनि सवार रहेको पाइएको छ। उनीहरूको साथमा सानो बच्चा समेत रहेको बताइएको छ।

उनीहरू राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३३ वर्षीय डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारक रहेको ट्रमा सेन्टरमा पूर्वनिर्देशक डा. सन्तोष पौडेलले पुष्टि गरेका छन्। उनीहरूसँगै १० महिनाको बच्चा पनि रहेको बताइएको छ। दु”र्घटनापछि उनीहरूको अवस्थाबारे खुल्न सकेको छैन। आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँगाउँको खोंचमा विमान दुर्घटना भएको हो। विमानमा ६८ यात्रुसहित ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए।

बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको नयाँगाउँस्थित सेतीको खोंचमा दु”र्घटनामा परेको थियो।

यस्तै- सरकारले हवाई दु’र्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान परीक्षण गरे/नगरेको अनुगमन गर्न नागरिक उड्डयन प्राधिरकणलाई निर्देशन दिएको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। आन्तरिक उडानमा रहेका विमानको प्राविधिक पक्षको परीक्षण अनिवार्य गर्ने व्यवस्थाले हवाई दु”र्घटना कम गर्न सघाउ पुग्ने हाम्रो अपेक्षा छ”, बैठकका निर्णयबारे जानकारी दिँदै उनले भने, “बैठकले घ”टना प्रति गहिरो दुःख व्यक्त गरेको छ । दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।”

बैठकले दु”र्घटनामा परी निधन भएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ । बैठकले माघ २ गते सोमबार दु”र्घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा गर्ने निर्णय गरेको छ । घ”टनाबारेमा जानकारी लिन चाहने परिवार, आफन्त र अन्य सरोकारवालाका लागि सम्पर्क र विश्वसनीय सूचनाको प्रबन्ध गर्न त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको उनले जानकारी दिए।

सरकारले पार्थिव शरीर बुझ्न र आ–आफ्नो स्थानमा लैजान चाहनेका लागि सहजीकरण गर्न आवश्यक प्रबन्ध मिलाउने निर्णयसमेत गरेको छ । घ”टनापछि त्यसबारेमा जानकारी लिने र तत्काल उद्धारका लागि आवश्यक निर्देशन दिइएको उनले बताए। “राज्यका सबै निकायलाई परिचालन गर्नेमा प्रधानमन्त्री लाग्नुभएको छ”, उनले भने, “राज्यका सम्बद्ध निकाय त्यसैअनुसार परिचालित छन् । आज बिहान करिब ११ बजे नेपालको हवाई दु”र्घटनाको इतिहासमा अत्यन्त दुःखद घ”टना भएको उनको भनाइ छ । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आज बिहान पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका कमल केसीसहित ७२ जना सवार थिए ।