काठमाडौंबाट पोखराका लागि उडेको विमान आइतबार बिहान दु’र्घटनामा परेको छ। बिहान ११ बज्नुभन्दा केही बेरअघि यती एयरलाइन्सको विमान दु’र्घटनामा परेको हो। विमानले विमानस्थलबाट अवतरणका लागि अनुमति पाइसकेको थियो। तर, अवतरणका लागि प्रयत्नरत विमान दु’र्घटनामा परेको बताइएको छ। दुर्घटनामा परेको विमानमा कुल ६८ यात्रु र ४ जना चालक दलका सदस्यहरु थिए। चालक दलका दसस्यहरुमा कमल केसी, अञ्जु खतिवडा, सृजना होंगचुन र ओसिन आलेमगर रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यो पनि-आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको दु”र्घटनामा हालसम्म ६४ जनाको श’व फेला परेको छ । दु”र्घटनास्थलबाट प्राप्त रिपोर्टअनुसार हालसम्म ३० वटा शव निकालेर अस्पताल पुर्याएको र ३४ वटा शव दु”र्घटना भएको स्थल सेती नदीको खोँचमा भेटिएका छन् । खोँचमा भेटिएका श”वहरु अहिले निकाल्ने प्रयास जारी छ । तीन सय मिटरभन्दा गहिरो खोंच रहेका श”व निकाल्न कठिन रहेको छ । उद्धार गरिएकामध्ये हालसम्म कोही पनि जीवित भेटिएका छैनन् । जहाजमा दुर्घटनामा ४ जना चालक दलसहित ७२ जना सवार रहेका थिए।