पोखरा विमान दु’र्घटना : शव निकाल्ने क्रम जारी


पोखरामा आइतबार बिहान दु’र्घटनामा परेको यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा श’व देखेर पनि निकाल्न कठिन भइरहेको छ । नयाँगाउँस्थित सेती नदीको खोचको अफ्ठ्यारो स्थानमा रहेका श’व आज बिहानबाट निकाल्न थालिएको छ । कास्कीको सिडिओ टेकबहादुर केसीका अनुसार हिजो बेलुका ६६ वटा शव संकलन र बाँकी रहेका शव बिहानदेखि निकाल्न थालिएको छ । शव संकलनमा नेपाली सेना, सशस्त्र, प्र’हरी र स्थानीय जुटेका हुन् ।

विमानमा सवार ७२ जनामध्ये हालसम्म ६६ जनाको शव संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ । बिहान ९ बजेबाट संकलन गरिएका शवको पो’ष्टमार्टम गर्ने, पहिचान भएकाको आफन्तलाई जिम्मा लगाइने सिडिओ केसीले बताए । शव जिम्मा लगाउनका लागि शव बाहन र एम्बुलेन्स तयार पारिएको छ । पहिचान नभएका, विदेशी र काठमाडौंकाको काठमाडौं पठाइँदै छ,’ केसीले भने ।

भिजिबिलिटी कम भएपछि आन्तरिक उडान प्रभावित बनेको छ । यतिबेला त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरु हुन सकेका छैनन् । सोमबार बिहानैबाट मौसममा बदली भएर हुस्सु र कुहिरो लागेका कारण आन्तरिक उडान प्रभावित भएको विमानस्थलले जनाएको छ । उता अन्तर्राष्ट्रिय उडान भने रोकिएको छैन । आएफआर प्रविधिबाट उडान तथा अवतरण भइरहेकाले अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित नभएको हो ।