यती एयरको दु’र्घटना भएको कल साइन ९एन–एएनसीको एटीआर ७२ ५०० विमानले १५ वर्ष छ महिना उडान गरेको छ । विमान फ्रान्सेली र इटालीको संयुक्त लगानीको कम्पनी एरोस्पेसले निर्माण गरेको हो । यो विमान सर्वप्रथम सन् २००७ अगस्ट १७ मा भारतको किङ्फिसर एयरलान्सले ल्याएको थियो । त्यसबेला उक्त विमानको कल साइन भीटी–केएजे रहेको थियो ।त्यसपछि सन् २०१२ मा उक्त विमान लिज बिक्रीका लागि राखिएको थियो ।
त्यसैअनुसार सन् २०१३ अप्रिल १ मा थाइल्यान्डको नोक एयरले एचएस–डीआरडी कलसाइनमा उक्त विमान लिएर चलायो । त्यसपछि सन् २०१८ मा उक्त विमान फेरि लिज बिक्रीका लागि राखियो । सन् २०१९ अप्रिल २६ मा यती एयरलाइन्सले लिजमा ल्याएर कल साइन ९एन–एएनसीमा उडाउन थालेको हो । दुर्घटना भएको दिन पनि काठमाडौँ–पोखरा रुटमा तेस्रो उडानका क्रममा अवतरण गर्न लाग्दा दु’र्घटना भएको हो ।
पोखरामा आइतबार दु’र्घटनामा परेको जहाज यही पुस ७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो । उक्त जहाजले पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरेको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।
पोखरामा आइतबार बिहान दु’र्घटनामा परेको यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा श’व देखेर पनि निकाल्न कठिन भइरहेको छ । नयाँगाउँस्थित सेती नदीको खोचको अफ्ठ्यारो स्थानमा रहेका श’व आज बिहानबाट निकाल्न थालिएको छ । कास्कीको सिडिओ टेकबहादुर केसीका अनुसार हिजो बेलुका ६६ वटा शव संकलन र बाँकी रहेका शव बिहानदेखि निकाल्न थालिएको छ । शव संकलनमा नेपाली सेना, सशस्त्र, प्र’हरी र स्थानीय जुटेका हुन् ।
विमानमा सवार ७२ जनामध्ये हालसम्म ६६ जनाको शव संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ । बिहान ९ बजेबाट संकलन गरिएका शवको पो’ष्टमार्टम गर्ने, पहिचान भएकाको आफन्तलाई जिम्मा लगाइने सिडिओ केसीले बताए । शव जिम्मा लगाउनका लागि शव बाहन र एम्बुलेन्स तयार पारिएको छ । पहिचान नभएका, विदेशी र काठमाडौंकाको काठमाडौं पठाइँदै छ,’ केसीले भने ।