पोखराको हेमजा हनुमान चोकका राजन सापकोटाको घरमा आज बिहानैदेखि खुसियाली थियो । एक त माघे सङ्क्रान्ति पर्व अर्कोतर्फ अमेरिकाबाट आउँदै गरेका राजन । अमेरिकाबाट शनिवार काठमाडौँ झरेका सापकोटालाई लिन उनकी श्रीमती आशिका हिजो नै काठमाडौँ पुगेकी थिइन् । माघे सङ्क्रान्ति पनि आजै परेको हुँदा सापकोटा दम्पती यति एअरलायन्सको जहाज चढी पोखरा आउँदै थिए । पोखराको विमानस्थलमा झर्न नपाउँदै विमान दु”र्घटनामा पर्यो
सापकोटा आउने कुरा छरछिमेक सबैलाई थाहा भइसकेको थियो । बिहानसम्मको खुसियाली छाएको सापकोटाको परिवार यतिखेर शोकमा डुबेको छ । सापकोटाकी आमा गीता दुर्घटनाको खबरसँगै बेहोस बनेकी छन् । उनका छरछिमेक सबैका आँखा रसाएका छन् । डीभी परेर दुई वर्षअघि मात्र अमेरिका गएका सापकोटा गएको वर्ष बिहे गर्नका लागि पोखरा आएका थिए । गएको वर्ष माघको १९ गते विवाह गरेका सापकोटा फेरि अमेरिका फर्की शनिवारमात्रै नेपाल आएका हुन् ।
उनका काका प्रकाशचन्द्रका अनुसार घरपरिवारसँग भेटघाट गरेर फर्कने गरी राजन नेपाल आएका थिए । दुर्घटनाको खबरसँगै हामी छरछिमेक सबै शोकमा डुबेका छौँ’, उनले भने । उता दु”र्घटनाले आशिकाका माइतीहरू पनि शोकमा छन् । सापकोटासँगै हेमजाकै जीतेन्द्रबहादुर कुँवर र उनकी श्रीमती भगवती पनि त्यस विमानमा सँगै दु”र्घटनामा परेका छन् । घरायसी कामकाजको सिलसिलामा काठमाडौँ गएका कुँवर दम्पतीले छोराछोरीलाई भने शनिवार बसमा पोखरा पठाएका थिए ।
जहाज दुर्घटनामा हेमाजाकै चार/चार जना परेपछि यतिखेर सिङ्गो हेमजा शोकमा डुबेको छ । चालक दलका चार सदस्यसहित ७२ जना यात्रु सवार यति एयरको जहाज आज बिहान दुर्घटना हुँदा अहिलेसम्म ६९ जनाको शव निकालिएको छ । बेपत्ता भएका तीनजनाको खोजी कार्य जारी रहेको छ ।
भिजिबिलिटी कम भएपछि आन्तरिक उडान प्रभावित बनेको छ । यतिबेला त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरु हुन सकेका छैनन् । सोमबार बिहानैबाट मौसममा बदली भएर हुस्सु र कुहिरो लागेका कारण आन्तरिक उडान प्रभावित भएको विमानस्थलले जनाएको छ । उता अन्तर्राष्ट्रिय उडान भने रोकिएको छैन । आएफआर प्रविधिबाट उडान तथा अवतरण भइरहेकाले अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित नभएको हो ।
मधेश प्रदेश सभाको बैठक र सभामुखको मतदान स्थगित भएको छ । पोखरामा भएको विमान दुर्घटनाको शोकमा सरकारले सार्वजनिक विदा दिएकाले मधेश प्रदेश सभाको बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश सांसदलाई मोबाइलमा एसएमएस पठाएर बैठक स्थगित गरिएको जानकारी दिइएको छ । आजको बैठकमा नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने र सभामुखको मतदान हुने कार्यतालिका थियो ।
अब मंगलबार दिउँसो १ बजे बैठक बस्ने सूचना सांसदहरुलाई पठाइएको छ । यसका साथै मंगलबार नै सभामुखको निर्वाचन समेत हुने सचिवालयले एसएमएस मार्फत् जानकारी पठाएको सांसद रामचन्द्र मण्डलले जानकारी दिए ।