दुई मुटु दुईतिर भएर नबस्ने । यसैपटक विवाह दर्ता गर्ने र दुबै जना अमेरिकामा सँगै बस्ने भनेर शिव कुमार गुरुङ अमेरिकाबाट आए भने श्रीमति अनुस्का गुरुङ अस्ट्रेलिया बाट काठमाडौ आइन । दुबै जना आफन्त भेट्ने र बिवाह दर्ता गर्ने भनेर पोखरा जाँदै गर्दा विमान दु’र्घटनामा ज्यान गु’माए । घरकै एक्लो छोरा बुहारीको मृ’त्युको खबर सुन्दा घरमा बुढाबुढी भएका आमा बाबू बिछिप्त बनेका छ्न । आइतबार पोखरामा दुर्घटनामा परेको यती एयरलायन्सका यात्रुहरुको थप विबरण आउने क्रम जारी छ ।
दु’र्घटनामा परेको विमानमा डाक्टर, पत्रकार, संगीतकार, लगायत सर्वसाधारणहरु सवार थिए । जसमध्ये विदेशबाट आएका यात्रुहरु पनि थिए । जसमध्ये पोखराका शिवकुमार गुरूङ अमेरिकाबाट र उनकी पत्नि अनुष्का गुरूङ अष्टेलियादेखि काठमाडौं आएर विबाह दर्ता गर्ने योजनामा पोखरा जाँदै थिए । तर उनीहरुको घर माइत पुग्ने र वृद्ध बाआमा भेट्ने सपना आकाशबाटै अस्तायो । उनीहरुले पोखरा पनि टेक्न पाएनन् ।
आइतबार पोखराको सेती नदी खोँचमा यती एअरलाइन्स विमान दु”र्घटनामा परी बेपत्ता रहेका ३ जनामध्ये थप एक जनाको श”व फेला परेको छ । सोमबार खोजी कार्यमा खटिएको गोताखरसहितको टोलीले बेपत्ता ४ शवमध्ये २ श”व फेला पारेको हो ।
बाँकी २ जनाको खोजी भोलि गरिने भएको छ । सोमबार २ शव फेला परेसँगै चालक दलसहित ७२ जना रहेकामा ७० जनाको श’व फेला परेको छ । दिउँसै खोजी कार्य गर्न नसकिने खोँचमा राति खोजी कार्य असम्भ रहेको छ । सोमबार शव खोज्न ड्रोनको प्रयोग गरिएको थियो । भोलि पनि ४ वटा ड्रोनसहित बेपत्ता २ जनाको खोजी गरिने भएको छ ।