यति दुर्घटनामा परिवारका चार सदस्य गुमाएकी सरु भन्छिन् ‘म अब कसरी बाँच्ने’


आइतबार पोखराको सेती नदीको खोचमा दु”’र्घटनामा परेको यति एयरलाइन्समा सवार ७२ जनामध्ये ६९ जनाको श”व निकालेर अस्पतालमा लगिएको छ भने बाँकी तीन वटा शव भीरबाट निकाल्ने काम भइरहेको छ । सोही विमानमा सवार पर्वतका एकै परिवारका आमा छोरा र नाती नातीनाले ज्यान गुमाएका छन् । पर्वतको बिहादी गाउँपालिका–५ उराम पोखरा घर भई हाल ललितपुरको इमाडोलमा बस्दै आएका युवराज शर्माको परिवारले दु”र्घटनामा ज्या’न गु”माएपछि उनकी पत्नि सरुलाई ठूलो चो’ट पुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘एयर ट्राफिक कन्ट्रोल’ (एटीसी) अधिकृतको रूपमा कार्यरत सरुले पति, सासुआमा र छोराछोरी आँफैले चढाएर पोखरा पठाएको विमान दु’र्घटनामा परेको सबैभन्दा पहिला थाहा पाएपछि उनको होश हवास उड्यो । दुर्घ’टनामा सासु आमा ६३ वर्षीया जमुना शर्मा, पति ४० वर्षीय युवराज , छोरी १३ वर्षीया आरुबी र छोरा पाँच वर्षीय बेबीलाई गु’माएकी ३६ वर्षीया सरु शर्मा आफ्नो काम सम्हाल्न ‘एयर ट्राफिक कन्ट्रोल रुम’ मा पुगेको केही क्षणमा नै अप्रिय खबर सुनेपछि उनी अचेत बनिन् ।

दु’र्घटनालगत्तै निकै तनावमा रहेकी उनलाई सम्झाई बुझाई गर्ने काम भइरहेको नाताले छोरा पर्ने बिहादीका उनका आफन्त रोशन तिवारीले बताए। खासमा सरुको परिवारको काठमाडौं बसाइ भए पनि उनीहरू​ दशैँतिहार जस्ता चाडबाड र विशेष अवसरमा गाउँमा जाने गर्थे । यस पटक पनि उनीहरु माघे संक्रान्ति मनाउन पर्वत जाने क्रममा आइतबार दुर्घटनामा परे । अहिले सरुको हेरविचारमा आफन्तहरु लागिरहेका छन् ।

आइतबार पोखराको सेती नदी खोँचमा यती एअरलाइन्स विमान दु”र्घटनामा परी बेपत्ता रहेका ३ जनामध्ये थप एक जनाको श’व फेला परेको छ । सोमबार खोजी कार्यमा खटिएको गोताखरसहितको टोलीले बेपत्ता ४ श’वमध्ये २ शव फेला पारेको हो । बाँकी २ जनाको खोजी भोलि गरिने भएको छ । सोमबार २ श’व फेला परेसँगै चालक दलसहित ७२ जना रहेकामा ७० जनाको श’व फेला परेको छ । दिउँसै खोजी कार्य गर्न नसकिने खोँचमा राति खोजी कार्य असम्भ रहेको छ ।

सोमबार शव खोज्न ड्रोनको प्रयोग गरिएको थियो । भोलि पनि ४ वटा ड्रोनसहित बे’पत्ता २ जनाको खोजी गरिने भएको छ । दुर्घटनाग्रस्त यती एयरको ‘ब्ल्याक बक्स’ सोमबार बिहान भेटिएको छ । आइतबार बिहान पोखरास्थित सेती नदीको खोँचमा दु”र्घटनामा परेको जहाजको ‘ब्ल्याक बक्स’ भेटिएको हो । उक्त बक्स मात्रै दु”र्घटनाको कारण पत्ता लगाउने एक यन्त्र हो । जहाँ दुर्घटना अघिका कुराहरु रेकर्ड भएका हुन्छन् । जुन दु”र्घटना भएको बेला नजल्ने यन्त्र पनि हो ।

दु”र्घटनापछि लगातार उद्धारका कार्य थालिएको थियो । तर राति भएपछि उद्धार गर्न प्रतिकुल भएपछि सोमबार बिहानैबाट पुन हराएकाहरुको खोजी थालिएको थियो । अझै केही मानिसहरु बेपत्ता छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार यतिबेला पनि नेपाली सेना, सशस्त्र प्र’हरी र नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ। भेटिएका श”वहरु गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको श’वगृहमा राखिएको छ। श’वहरुमध्ये २६ वटा पहिचान भएको जनाइएको छ । सरकारले मृ’तकहरुको श’व आजै आफन्तहरुलाई बुझाउने तयारी गरेको छ ।