विमान दुर्घटनामा निधन भएका ४६ जनाको श’व काठमाडौं ल्याइयो


आइतबार भएको यति एयरलान्सको विमान दु”र्घटनामा निधन भएका ४८ जनाको शव महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएको छ। आजै बिहान सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएका चालक दलका सदस्य,पहिचान नभएका र विदेश नागरिकको शव टिचिङ अस्पतालमा राखिएको हो। पोस्ट”मार्टमपछि मात्रै शव आफन्तलाई बुझाइनेछ। शव ल्याउनका लागि सेनाको हेलिकोप्टर सोमबारै पोखरा पुगेको थियो । दु;;र्घटनामा ७० मध्ये ४८ जनाको श”व काठमाडौं पठाएको कास्की प्रहरीले जनाएको छ।

दु”र्घटनामा निधन भएका बाँकी २० जनाको शव भने पोखरामा परीक्षणपछि आफन्तलाई बुझाइनेछ। दु”र्घटनामा बेपत्ता दुईजनाको खोजीकार्य आज पनि जारी छ। नेपाली सेना,नेपाल प्रहरी सशस्त्र प्रहरी बल र गोताखोरसहितको टोलीले खोजीकार्य गरिरहेको छ। आइतबार काठमाडौंबाट चालक दलका ४ जना सदस्यसहित ६८ यात्रु लिएर यति एयरलाइन्सको विमान पोखरा उडेको थियो। पोखरा विमानस्‍थलमा अवरणका क्रममा सेती खोँचमा दु”र्घटनाग्रस्त भएको थियो। दुर्घटनामा १५ विदेशी नागरिकले पनि ज्यान गु”माएका छन्।

यस्तै-बिरामी बोकेर बङ्गलादेशका राजधानी ढाकातर्फ आइरहेको एम्बुलेन्स शरियतपुर जिल्लामा मंगलबार बिहान ट्रकसँग ठोक्किएर दु”र्घटना भएको छ। दु”र्घटनामा चालकसहित छ जनाको ज्यान गएको छ। विपरीत दिशाबाट प्राकृतिक ग्यास बोकेर आएको ट्रकमा ठो”क्किएर उक्त दु”र्घटना भएको उद्धारकर्मीले बताएका छन्। एम्बुलेन्समा सवार सबै छ जनाको घ”टनास्थलमा नै मृ”त्यु भएको हो। बाक्लो हुस्सुका कारण दु”र्घटना भएको अनुमान गरिएको छ।

एम्बुलेन्सबाट शव निकाल्न घण्टौँ लागेको उद्धारकर्मीले बताएका छन्। बिरामी र निजका तीन जना सहयोगी तथा चालक र सहचालक दु”र्घटनामा मारिएका उनीहरूले जनाएका छन्। साँघुरा राजमार्ग, उपयुक्त ढङ्गले नियमितरूपमा मर्मतसम्भार नगरिएका सवारी साधन, अदक्ष चालक, सवारी ज्ञानको अभाव तथा ट्राफिक नियमको पूर्ण परिपालना नहुँदा तथा नियामक निकाय ट्राफिक विभागको फितलो अनुगमनका कारण बङ्गलादेशमा सडक दुर्घ”टना अधिक हुने गरेका छन्।

बङ्गलादेश प्यासेन्जर वेलफेयर एसोसिएसन नामक स्थानीय संस्थाको पछिल्लो प्रतिवेदनअनुसार सन् २०२२ मा देशभर सात हजार छ सय १७ सडक, रेल र जलमार्ग दुर्घ”टनामा १० हजार आठ सय ५८ जनाको मृ”त्यु भएको छ भने १२ हजार आठ सय ७५ जना घाइते भएका छन्। रासस