कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले गरिन् उम्‍मेदवारी दर्ता


नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले मनोनयन दर्ता गराएकी छिन् । बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएकी हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् । यसअघि कांग्रेस, एकीकृत समाजवादी र लोसपाका शीर्ष नेताको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा बसी न्‍यौपानेलाई सभामुखमा उम्‍मेदवार बनाउने निर्णय गरेको थियो ।

यता, सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराइसकेका छन् ।

यो पनि पढ्नुहोस

जिल्ला अदालत तनहुँले बालिका बला”त्कार आ”रोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ वर्ष कै”द सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो । नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक-पटक पलले बलात्कार गरेको भन्दै उनका परिवारले तनहुँ प्र”हरीमा उजुरी दिएको थियो ।

पी”डित परिवारले नवलपुर प्रहरीमा पनि १५ गते जाहेरी दिएको थियो । नवलपुर अदालतले उनलाई बलात्कार मुद्दाबाट सफाइ दिए पनि बाल यौन दु”र्व्यवहारमा साढे दुई वर्ष कैद सुनाएको थियो ।