प्रधानाध्यापकको कु’टाइबाट विद्यार्थी गम्भीर घा”इते


तनहुँको घिरिङ गाउँपालिका–३, सुन्धारामा प्रधानाध्यापकको कु”टपिटबाट विद्यार्थी घा”इते भएका छन्। चन्द्रज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापाले एसईईको तयारीमा रहेका कक्षा १० का विद्यार्थीलाई काठको लठ्ठीले प्र”हार गर्दा १५ वर्षीया लिला आले घाइते भएकी छिन्। प्रधानाध्यापक आलेको कु”टाइबाट घा”इते भएकी आलेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतरा झरौटामा उपचार भइरहेको छ। उनको पिठ्युमा लठ्ठीको डाम बसेको छ।

लठ्ठी प्र”हारबाट देब्रे खुट्टा टेक्न नहुने भएको तथा बस्न समेत नसक्ने भएकी आलेलाई एम्बुलेन्समा राखेर सोमबार बिहान अस्पताल ल्याइएको थियो। घ”टना आइतबार भएको हो। बिहानै अभिभावक विद्यालय पुगेपछि प्रधानाध्यापक थापाले नै समन्वय गरी एम्बुलेन्समा हालेर लिलालाई उपचारका लागि अस्पताल पठाएका थिए। उक्त विद्यालयको कक्षा १० मा अध्ययनरत ४२ जना विद्यार्थीमध्ये ६/७ जनाबाहेक सबैले कु”टाइ खाएको पी”डित विद्यार्थीहरूले बताएका छन्।

घा”इते लिलाका अनुसार कक्षागत मूल्यांकनमा आफूले भनेजति प्राप्तांक नल्याएको भन्दै प्रधानाध्यापक थापाले १३/१४ पटकसम्म लठ्ठीले हानेका थिए। उनले भनिन्–‘हामीलाई टेष्ट दिनुभथ्यो। आफूले भनेजति प्राप्त अंक नल्याएर लठ्ठी लठ्ठीले ६ चोटी पिट्नु भको।’ देब्रे खुट्टा दुख्छ। टेक्न हुँदैन।’ उनका अनुसार अर्की एक जना साथी पनि उनी जस्तै घाइते छिन्। तर उनी हिँड्न सक्ने भएकाले घरमै आराम गरिरहेको छिन्। लिलाले आइतबार राति सुत्ने बेलामा आमालाई फोन गरेर सरले कुटेको जानकारी गराउँदै आफूलाई लिन बोलाएकी थिइन्।

आमा बेलिमाया भन्छिन् ‘पिसाब गर्न समेत जान नसकेर साथीहरूले बोकेर लगेको रहेछ। देब्रे खुट्टा दुखेर रातभरि खुट्टा मिच्दै बसेछन्। हामीले हाम्रो बच्चालाई स्कुलमा कु’टाउन पठाएको हो? प्रिन्सिपल सर भएर त्यस कुट्न त हुन्न नि। सम्झाउने बुझाउने हो। यस्तो सरलाई कारबाही हुनुपर्छ।’

यो पनि पढ्नुहोस

म्याग्दीको मङ्गला गाउँपालिका(२ काफलगौरमा आज दिउँसो भएको जिप दु”र्घटनामा एक जनाको मृ”त्यु भएको छ । थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नं को बोलेरो जिप दु”र्घटना हुँदा सात जना घा”इते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्र’हरी निरीक्षक राजन ढकालले मङ्गला(१ की ६० वर्षीया फौमाया गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृ”त्यु भएको जानकारी दिए। उनका अनुसार घा’इते मङ्गला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।

मङ्गला–१ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मङ्गला–२ की २२ वर्षीया विपना कार्की, मङ्गला–१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मङ्गला–२ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।’

यो पनि पढ्नुहोस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन गर्न सरकार र निर्वाचन आयोगसँग आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको आज भएको बैठकले सो निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकले कुनै पनि कानुनी अड्चन देखाएर राष्ट्रपतिको निर्वाचन पछि सार्न नहुनेबारे सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो ।

बैठकमा राष्ट्रपतिको निर्वाचन समयमै गर्नुपर्ने र कुनै कानुनी समस्या भए त्यसलाई समाधान गरी निर्वाचन प्रक्रियालाई अघि बढाउनुपर्ने सम्बन्धमा छलफल भएको उहाँले बताउनुभयो । कांग्रेसले राष्ट्रपतिको निर्वाचनका सम्बन्धमा अरू दलको पनि सहयोग लिएर प्रस्तुत हुने दृष्टिकोण राखेको प्रवक्ता महतले बताउनुभयो । यसका लागि कांग्रेसले संसद्मा रहेका अन्य दलसँग पनि सरसल्लाह गर्ने जनाएको छ ।

नेपालको संविधानको धारा ६३ मा राष्ट्रपतिको कार्यकाल पाँच वर्ष हुने उल्लेख छ । राष्ट्रिपति विद्यादेवी भण्डारी २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि सो पदमा निर्वाचित हुनुभएको हो । यसैगरी राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ४ मा आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्ने उल्लेख छ ।