३ दिनको नवजात शिशु लाई ह’त्या गर्ने उदेश्यले जंगलमा फाल्ने बाबु- आमा प”क्राउ ( भिडियो हेर्नुहोस )


तीन दिनकी नवाजात शिशु ( छोरी) फाल्ने बाबु विरुद्ध सुनसरी प्र”हरीले मुद्दा दर्ता गरी कारबाही अगाडि बढाएको छ। नवजात शिशुलाई सुनसरीको दुहबी नगरपालिका-१० का ३३ वर्षीय अमितलाल चौधरीले बराहक्षेत्र नगरपालिका-२ को चारकोसे जंगलमा फालेका थिए। अमितलाइ प”क्राउ गरी ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईले बताए।

बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय चतराको टोलीले तत्काल नवजात शिशुको उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरेका थिए। शिशु माघ ४ गते बीपी प्रतिष्ठान मै जन्मिएको चिकित्सकले बताए पश्चात प्र”हरीले शनिबार अमित र बिन्दालाइ प’क्राउ गरेको थियो। बिन्दालाइ रिहा गरेसँगै शिशुलाई आमाको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले बताए।

सोमबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अमितलाइ हिरासतमा राखेर घ”टनाको अनुसन्धान थालिएको बताए। अमितसँगै प”क्राउ परेकी उनकी श्रीमती बिन्दु चौधरीलाई भने प्रहरीले रिहा गरिदिएको छ। उनले नवजात शिशु जंगलमा फालेको घटनामा बिन्दुको संलग्नता नदेखिएकाले उनलाई रिहा गरिएको बताए। माघ ४ गते जन्मिएकी शिशुलाइ चौधरीले ६ गते बराहक्षेत्र नगरपालिका-२ को चारकोसे जंगलमा लगेर फालेका थिए। जंगलमा वस्तु चराउन गएका गोठालाले नवजात शिशुलाइ देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए।

बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले नवजात शिशु लाई ह’त्या गर्ने उदेश्यले जंगलमा फाल्ने बाबुलाई प”क्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउने सुनसरी प्रहरीलाई धन्यवाद दिए। उनले जनप्रतिनिधि र प्रहरीले बेलैमा शिशुको उद्दार गरी ज्यान बचाउन सफल भएको बताए। इलाका प्रहरी कार्यालय धरानका तीनजन महिला प्रहरीलाइ कुरुवा राखेर शिशुको उपचार गरिएको थियो।
https://youtu.be/uDd_NWJ_8Jg

यो पनि पढ्नुहोस

राष्ट्रियसभा दीगो विकास तथा सुशासन समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालय र विद्यार्थीलाई पाठ्यपुस्तक पुर्‍याउने सुनिश्चितता गर्न निर्देशन दिएको छ। समितिको आजको बैठकमा शिक्षामन्त्री र मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि सभापति प्रकाश पन्थले आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालय र विद्यार्थीका हातमा पुस्तक पुर्‍याउन शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराए।

यसअघि बैठकमा मन्त्रालयका पदाधिकारीले पाठ्यपुस्तक छपाइसम्बन्धी कार्ययोजना प्रस्तुत गर्दै आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तकको अभाव हुन नदिने प्रतिबद्धता जनाए। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले निर्णय कार्यान्वयन नभइ विद्यार्थी अन्यायमा पर्ने अवस्था हुन नदिनेमा मन्त्रालय सहज र सचेत रहने विश्वास व्यक्त गरे। उनले भने, ‘संसद् र संसदीय समितिका सुझाव, ध्यानाकर्षण र निर्देशनका आधारमा सहकार्य गर्दै समयमै पाठ्यक्रम पुर्‍याउने विषयमा खरो रूपमा उत्रने छौं’, सचिव रामकृष्ण सुवेदीले भने।

उनले पाठ्यपुस्तक छपाइका लागि आवश्यक जनशक्ति र उपकरण सहज भए पनि सार्वजनिक खरिद प्रक्रिया लगायतका कारण कागज खरिदमा समस्या उत्पन्न हुँदै आएको बताए। आगामी शैक्षिक सत्रका लागि देशभर रहेका कक्षा १ देखि कक्षा ३ सम्म रंगिन ठूलो आकार, कक्षा चारदेखि कक्षा १० सम्म चार रंगमा पाठ्यक्रम छपाइ भइरहेको जानकारी दिइयो।