बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको जनाइएको छ ।सिगासका किसान दानसिंह बोहराका अनुुसार गए रातिदेखि मौसममा बदली आएसँगै आज बिहानदेखि हिमपात भएको हो । वर्षा र हिमपातका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोले बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने, वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
चिसोबाट बच्न न्यानो लुगा लगाउन, झोलिलो कुरा सेवन गर्न, घरबाहिर ननिस्कन आग्रह गरिएको छ । यसैबीच वर्षा र हिमपातले किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै खुसी भएका हुन् । लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएको किसान बोहराले बताउनुभयो ।
यो पनि पढ्नुहोस
झिमरुक गाउँपालिका-५ ओखरकोट ढाड बजारमा सोमबार साँझ पौने सात बजे स्थानीय पदम खड्काको घरमा चोरी भएको छ। घरमा पदमकी बुहारी संगीता खड्का मात्र थिइन्। उनको मुखमा नशालु पदार्थ (स्पे) छरी बेहोस बनाएर ८ तोला सुन, तीन लाख रुपैयाँ नगद, एक थान टिभी, ल्यापटप र मोबाइल चो”री भएको छ।
टिभी र ल्यापटप घर नजिकैको नेशनल बोर्डिङ स्कुल नजिकै फेला परेको पी”डित खड्काले जानकारी गराए। अप”रिचित व्यक्तिको समूह बुहारी मात्र भएको मौका हेरेर घरभित्रै पसेका थिए। पदमसहित उनकी श्रीमती र छोरा दाजुभाईका घरमा गएका थिए। संगिता घरमा चिच्याएपछि स्थानीयले चोर पसेको जानकारी पाएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल विजुवारमा लगिएको छ।