महिलालाई बेहोस बनाएर तीन लाख नगद र सुन चोरी


झिमरुक गाउँपालिका-५ ओखरकोट ढाड बजारमा सोमबार साँझ पौने सात बजे स्थानीय पदम खड्काको घरमा चोरी भएको छ। घरमा पदमकी बुहारी संगीता खड्का मात्र थिइन्। उनको मुखमा नशालु पदार्थ (स्पे) छरी बे’होस बनाएर ८ तोला सुन, तीन लाख रुपैयाँ नगद, एक थान टिभी, ल्यापटप र मोबाइल चोरी भएको छ। टिभी र ल्यापटप घर नजिकैको नेशनल बोर्डिङ स्कुल नजिकै फेला परेको पी’डित खड्काले जानकारी गराए।

अपरिचित व्यक्तिको समूह बुहारी मात्र भएको मौका हेरेर घरभित्रै पसेका थिए। पदमसहित उनकी श्रीमती र छोरा दाजुभाईका घरमा गएका थिए। संगिता घरमा चिच्याएपछि स्थानीयले चोर पसेको जानकारी पाएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल विजुवारमा लगिएको छ।

यो पनि पढ्नुहोस
बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको जनाइएको छ ।सिगासका किसान दानसिंह बोहराका अनुुसार गए रातिदेखि मौसममा बदली आएसँगै आज बिहानदेखि हिमपात भएको हो । वर्षा र हिमपातका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोले बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने, वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसोबाट बच्न न्यानो लुगा लगाउन, झोलिलो कुरा सेवन गर्न, घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

यसैबीच वर्षा र हिमपातले किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै खुसी भएका हुन् । लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएको किसान बोहराले बताउनुभयो ।