संसार छाडी जानु अगी २ मिनेट आफ्ना कुरा सकेर सदाका लागी बिदा भय प्रेम आचार्य ! ( हेर्नुस भिडियो सहित)


खरानी रङको कपडाले छोपिएका उनका हात गोडामा ब्यान्डेज लगाइएको थियो। पीडाले छटपटाइरहेका उनको अक्सिजन लगाइएको मुखबाट बेलाबेला मधुरो स्वरमा ऐया! ऐया! निस्किरहेको थियो। त्यहीबेला स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की उनलाई भेट्न पुगिन्। उनी हुन्, मंगलबार दिउँसो करिब ३ बजे संसद् भवनअगाडि आ”त्मदाहको प्रयास गर्ने इलामका प्रेमप्रसाद आचार्य। ‘प्रेम दाइ, म आकी छु है म तोसिमा कार्की!’ मन्त्री कार्कीले उनलाई भनिन्। आचार्यले तुरुन्त जवाफ फर्काए, ‘मैले चिनेँ।’

आफैँलाई आगो लगाउनुअघि आचार्यले फेसबुकमा लामो स्टाटस लेखेका थिए। आफूले गरेको व्यवसाय र कर्मबाट केही उपलब्धि हात पार्न नसकेको, देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा र रोजगारीका लागि विदेश जाँदा आफू ठगिएको, लुटिएको उनको गुनासो थियो। अन्तिममा डिप्रेसनले सताउँदा समेत कसैको साथ नपाएको भन्दै उनले मृत्युको बाटो रोजेको बताएका थिए। उनले आफ्नो स्टाटसमा नयाँ सरकारका केही प्रतिनिधिको नाम समेत उल्लेख गरेका थिए।

राज्यमन्त्री कार्कीले उनलाई सम्झाउने प्रयत्न गरिन्, ‘किन यस्तो गर्नुभएको? हामी थियौँ, राज्य थियो नि।’ उनी बोलिसक्न नपाउँदै आचार्यले जवाफ फर्काए, ‘कसैले सुन्दैनन्, कसैले सुन्दैनन्।’ राज्यमन्त्री कार्कीले भनिन्, ‘हाम्रो नयाँ सरकार बनेको थियो, हामीले केही न केही उपाय खोज्थ्यौँ, यस्तो गर्नुहुन्थेन।’ घाइते आचार्य बोलिरहँदा उनको आँखा बन्द थियो। राज्यमन्त्री कार्कीले आँखा खोल्न आग्रह गरिन्, उनले आँखा खोले। ‘मलाई निकै दुखेको छ। पेनकिलर दिनू,’ उनले भने। उनलाई भेटेपछि राज्यमन्त्री कार्कीले केहीबेर चिकित्सकसँग उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन्। उपचारमा कुनै कसर बाँकी नराख्न भनिन्।

उनको उपचारमा संलग्न चिकित्सक डा. सुरेन्द्रजंग बस्नेतका अनुसार आचार्यको शरीरको अगाडिपट्टिको भाग जलेकोे छ। ८० प्रतिशत शरीर जलिसकेको छ। ‘उनी अहिले बोल्न सके पनि उनको अवस्था चिन्ताजनक छ। ८० प्रतिशत ज”लिसकेकाहरुको भित्री अंगले बिस्तारै काम गर्दैन,’ डा. बस्नेतले भने। निस्कने बेलामा राज्यमन्त्री कार्कीले आचार्यलाई भनिन्, ‘डाक्टर साबहरु यहाँ हुनुहुन्छ, नआत्तिनुस्, केही परेमा हामी गर्छौँ।’ अचार्यले राज्यमन्त्री कार्कीसँग भने, ‘मलाई भेट्न रवि सरलाई पनि यहाँ पठाइदिनुस्, प्रचण्ड सरलाई पनि पठाइदिनुस्। मलाई यहाँ हुँदैन भने घरमा लैजानुस्।’

राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेकी डा. कार्की। त्यसैले मंगलबार साँझ करिब ८ बजे स्वास्थ्य राज्यमन्त्री डा. कार्की आचार्यलाई भेट्न कीर्तिपुरस्थित बर्न अस्पताल पुगिन्। आचार्य होसमै भएकाले उपचारमा संलग्न चिकित्सकहरुले मन्त्रीलाई बिरामी भेट्न दिए। राज्यमन्त्री कार्कीलाई चिन्नेबित्तिकै आचार्य केहीबेर बोलिरहे। उनले आफ्नो स्टाटसमा लेखिएकै कुराहरु दोहोर्याए। ‘मेरा सबै भोगाइहरु लेखेको छु, मैले के गल्ती गरेँ, प्रगति गर्न खोजेँ तर मैले सकिनँ,’ उनले भने।

राज्यमन्त्री कार्कीले उनलाई ढाडस दिइन्, ‘हामी छौँ तपाईं नआत्तिनुस्। म पनि डाक्टर हो। तपाईंलाई ठिक हुन्छ।’ त्यो बेलासम्म अस्पतालमा प्रेमको परिवारका कोही सदस्य आइपुगेका थिएनन्। आफन्तहरु भने अस्पतालमा आउने क्रम सुरु भएको थियो।

यो पनि पढ्नुहोस
राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा आज मनोनयन दर्ता हुने भएको छ । माघ २५ गतेका लागि राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान कार्यतालिका सार्वजनिक भएको थियो । सोही अनुसार आज मनोनयन दर्ता हुँदैछ । नेकपा (एमाले) बाट राष्ट्रियसभा सदस्य बनेका रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न राष्ट्रियसभाबाट राजीनामा दिएका थिए । उनको पद रिक्त भएपछि उपनिर्वाचनमार्फत राष्ट्रियसभा सदस्य चयन गर्न लागिएको हो । एमालेबाट कुमार दसौदीले मनोनयन दर्ता गर्दै छन् ।

नेपाली कांग्रेसले भने उम्मेदवारको टुङ्गो लगाउँदै छ । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गरी तीन सय पाँच मतदाता छन् । प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तहतर्फ दुई सय १८ मतदाता छन् । माघ १२ गते उम्मेदवारबारे उजुरी दिने, माघ १३ र १४ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ तथा माघ १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको कार्यालयले जनाएको छ ।

प्रदेशका एक सय नौ पालिकामध्ये कांग्रेसले ४८, एमालेले २७, माओवादी केन्द्रले २५, जसपाले तीन, जनमोर्चा र लोसपाले दुई–दुई तथा राप्रपा र जनता प्रगतिशीलले एक–एक स्थानमा जितेका छन् । यसैगरी ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादी केन्द्रले १०, राप्रपा र नागरिक उन्मुक्तिले चार–चार, जसपा, लोसपा र जनमतले तीन–तीन, तथा जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)ले एक–एक र स्वतन्त्रबाट दुई जनाले जितेका छन् ।