भारी हिमपातका कारण कर्णालीका हिमाली जिल्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । मंगलबार र बुधबार निरन्तर हिमपात हुँदा मुगु, हुम्ला, जुम्ला र डोल्पामा दुई दिनदेखि हवाई सेवा बन्द हुँदा यात्रुहरू मर्कामा परेका छन् । भारी हिमपातले दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको हुम्ला सिमकोट विमानस्थलका निमित्त प्रमुख चेतराज भट्टले बताए । हवाई सेवा बन्द हुँदा हुम्लामा खाद्य वस्तु ढुवानीमा बाधा परेको र यात्रुलाई तराई झर्न र माथि जिल्लातिर आउन मुस्किल भएको उनको भनाइ छ ।
दोस्रो पटक हिमपात भएको हुम्ला हिउँ पर्न रोकिएको छैन सिमकोट विमानस्थलमा करिब डेढ फिट हिउँ जमिसकेको छ‚ अझै आउने क्रम जारी रहेको छ । जुम्लामा हिमपात नरोकिँदा दुई दिन देखि हवाई सेवा अवरुद्ध भएको छ । नेपालगञ्ज-सुर्खेतदेखि सीता, समिट, तारा एयरलाइन्सले दैनिक तीन-चार फ्लाइट उडान गर्ने कर्णालीका हिमाली जिल्लामा भारी हिमपातका कारण उडान ठप्प भएको छ । मुगुको रारा विमानस्थलमा पनि दुई दिनदेखि उडान भएको छैन ।
धावन मार्गमा बाक्लो हिउँ जमेपछि सुर्खेत नेपालगञ्जदेखि निजी तथा सरकारी एयरलाइन्सले उडान भर्न नसक्दा मुुगुदेखि सुर्खेत‚ नेपालगञ्ज झर्ने यात्रु र नेपालगञ्ज-सुर्खेतदेखि माथि मुगु जाने यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् ।
यो पनि पढ्नुहोस
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका बक्सिङ खेलाडी सुष्मा तामाङ फाइनलमा पुगेको खबरले आफूलाई असाध्यै खुसी लागेको बताएका छन् । नेपाली बक्सिङ खेलाडी तामाङ थाइल्याण्डमा जारी एएसबिसी यू २२ बक्सिङ च्याम्पियन सीपको फाइनलमा प्रवेश गरेकी छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले तामाङको फाइनल प्रवेशले नेपाल र नेपालीको गौरव बढाएकामा प्रसन्नता व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री दाहालले खेलाडी तामाङलाई आज हुने फाइनल खेलमा विजयका लागि अग्रिम शुभकामना व्यक्त गरेका छन् । बैंककमा आइतबार महिला ४८ किलो तौल समूहको सेमिफाइनलमा सुष्मा मङ्गोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा पराजित गर्दै फाइनल पुगेकी हुन् । फाइनल प्रवेशसँगै सुष्माको रजत पदक पक्का भएको छ ।
अब स्वर्ण पदकका लागि सुष्माले आज उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग खेल्ने कार्यक्रम छ । आजको खेल फाइनल हो ।