प्रेम प्रसाद आचार्यको गाउँ इलाम पुग्दा, साथीहरु खोले खास कुरा, प्रेम कस्ता थिए ? के काम गर्थे ? ( भिडियो सहित )


सरकारले संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयको अध्ययन गरी छानविन गर्ने भएको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रेमप्रसाद आचार्यको आ”त्मदाह र उनले उठाएको विषयाम छलफल गर्दै त्यसको अध्ययन गरी छानविनमा ल्याउने जिम्मा गृहमन्त्रालयलाई दिइएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए। गृहमन्त्रालयले छानविन गरेर आवश्यक कदम चाल्ने मन्त्री लामिछानेले बताए।

छानविनबाट आएका निष्कर्षमाथि आवश्यक कारवाही सुरु गरिने पनि उनले बताए। विभिन्न विषयमा असन्तुष्टि जनाउदै मंगलबार दिउँसो बानेश्वरको संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यले आ”त्मदाहको प्रयास गरेका थिए । उनको उपचारका क्रममा बुधबार नि”धन भएको थियो।
https://youtu.be/u6vWhtk58PE

यो पनि पढ्नुहोस

वीरगन्जको एक मनिट्रान्सफरको रकम लिएर फरार भएका तीनजना युवकलाई प्रहरीले प”क्राउ गरेको छ । प”क्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर १० का २२ वर्षीय आकाश साह,२२ वर्षीय,संजय साह र २१ वर्षीय महम्मद सकिर मियाँ रहेका छन् । प्र”हरीका अनुसार वीरगन्ज १० स्थित दुर्गे मनि ट्रान्सफर प्रालिका सञ्चालक विजय साह सर्राफले मङगलबार ४ लाख १४ हजार ८ सय रुपैयाँ कृषि विकास बैंकमा जम्मा गराउन पठाएका तीन युवक रकम जम्मा नगरी फरार भएका थिए ।

सञ्‍चालक सर्राफले यसबारे प्रहरीमा उजुरी दिएपछि प्र”हरी निरीक्षक प्रज्वल थपलियाको नेतृत्वमा खटिएको टोलीले तीनै जना युवकलाई वीरगन्ज १० बाटै पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक कोमल साहले जानकारी दिए । उनीहरुको साथबाट २ लाख २३ हजार ५ सय रुपैयाँ बरामद भएको पनि उनले बताए । प”क्राउ परेका तीनै जनाविरुद्ध बुधबार पर्सा जिल्ला अदालतबाट ठगी, अप”राधिक विश्वासघात तथा अपराधिक लाभ (एक्सटर्सन ) सम्बन्धी कसूरमा ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको शाहले जानकारी दिए ।