अमेरिकामा जासुसी गरेको आ”रोपमा एक चिनियाँ इन्जिनियरलाई ८ वर्ष जेल स’जाय सुनाइएको छ। ३१ वर्षीय चिनियाँ नागरिक ची छावछ्युनले अमेरिकाको उड्डयन व्यापारसम्बन्धी सूचना चुहाएको आ’रोप लगाइएको छ। अमेरिकी न्याय विभागका अनुसार चीले वैज्ञानिक र इन्जिनियर भर्तीका लागि व्यक्तिको पहिचान गरेको र भर्तीकर्ताहरूलाई झुटो बोलाएका थिए।
चीले चिनियाँ गुप्तचर विभागको निर्देशनमा काम गरेको अमेरिकी अधिकारीहरूको भनाइ छ। विदेशी सरकारको जासुसको रूपमा काम गरेको र अमेरिकी सेनालाई समेत गुमराहमा राखेको अमेरिकी अधिकारीहरूको भनाइ छ।
यो पनि पढ्नुहोस
नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य आसिफ शेखले आइसीसी स्पिरिट अफ क्रिकेट अवार्ड जितेका छन्। विश्व क्रिकेटको नियामक निकायले आज आसिफलाई विजेता घोषणा गरेको हो।आसिफले गत वर्ष फेब्रुअरी १४ मा आयरल्यान्डविरुद्धको खेलमा नेपाली बलरसँग ठोकिएर लडेका एन्डी म्याकब्राइनलाई रन आउट गरेका थिएनन्। सोही ‘इन्सिडेन्ट’का कारण उनले क्रिकेटको स्पिरिटलाई कायम राखेको ठम्याउँदै आइसीसीले उनलाई विजेता घोषणा गरेको हो।
आसिफ नेपालबाट यो अवार्ड जित्ने पहिलो खेलाडीसमेत बनेका छन्। नेपाली राष्ट्रिय टिमका ओपनर आसिफ विभागीय टिम एपीएफबाट खेल्दै आएका छन्। गत महिना सम्पन्न नेपाल टी-२० लिगमा आसिफले पोखरा एभेन्जर्सबाट खेलेका थिए।