मापसे परीक्षण गर्दा पोखराका व्यवसायीले भाँ’चिदिए प्रहरीको हात


मादक पदार्थ सेवन गरी गाडी चलाउनेमात्रै होइन, झै-झगडा गर्ने अनि प्रहरीलाई पनि नटेर्ने गर्दै आएका पोखराका युवा अटो व्यवसायीलाई कास्की प्र”हरीले पक्रेको छ। अटो व्यवसायी २५ वर्षे सौरभ थापा पछिल्लोपटक फेरि प्रहरीमाथि अभद्र व्यवहार गरेपछि प”क्राउ परेका हुन्। उनलाई पक्रेर अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाउन प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको जिल्ला प्र”हरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार ५ दिनअघि थापा प’क्राउ परेका हुन्।

नेपाल अटोमोबाइल डिलर्स एसोसिएयसन (नाडा)का गण्डकी प्रदेश समितिका सदस्य सौरभका बुबा ध्रुव थापा नाडाका केन्द्रीय अध्यक्ष हुन्। ध्रुवका दाजु बिन्दुकुमार थापा गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका प्रभावशाली सांसद हुन्। पूर्वमन्त्रीसमेत रहेका आफ्ना ठूलाबुबाको नामसमेत लिँदै भतिजा सौरभले यसअघि पनि पटक-पटक प्रह”री र अरु सर्वसाधारणलाई पनि अभद्र व्यवहार गर्दै आएको प्र”हरी स्रोत बताउँछ।

‘यसपटकचाहिँ राति ३ बजे मा”दकपदार्थ सेवन गरी गाडी चलारहँदा सौरभ प्रहरी चेकिङमा परेका थिए,’ प्रहरी स्रोत भन्छ, ‘तर प्र”हरीलाई नटेरी भाग्न खोजे र गाडीको ढोकाले उल्टै प्रहरीलाई लाग्यो र हात भाँच्चियो।

यो पनि पढ्नुहोस
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताएका छन्। भरतपुरमा प्रेस युनियन चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले राष्ट्रपतिमा कांग्रेसको दाबी कायमै रहेको र त्यसका लागि जुनसुकै दलसँग सहयोग लिन सकिने बताए। राष्ट्रपति कांग्रेसले लिन कोसिस जारी राखेको छ तर राष्ट्रपति पाएकै भरमा सरकारमा भने नजाने उनको भनाइ थियो ।

नेता केसीले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति जरुरी रहेको बताए। उनले राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने कुरा केन्द्रीय समितिको बैठक बोलाएर निर्णय गर्नुपर्नेमा जोड दिए। “कांग्रेसले सरकारको नेतृत्वको संयोजन गर्नुपथ्र्यो । आफ्नै त्रुटिका कारण प्रतिपक्षमा पुग्यौँ । अब प्रतिपक्षको धर्म निर्वाह गर्नुनै कांग्रेसको दायित्व र जिम्मेवारी हो”, उनले भने। कांग्रेस अहिलेको सत्ता गठबन्धन भत्काउने पक्षमा नरहेको उनको भनाइ थियो । उनले भने, “कांग्रेस सशक्त प्रतिपक्षीबाहेक अन्य कुनै भूमिकामा हुनु हुँदैन । ”