गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामिकि एक महिलाको उनकै घरमा श’व भेटिएको छ । जिल्ला प्र”हरी कार्यालय गुल्मीबाट गएको टोलीले ५७ वर्षीया गंगादेवी शेरचनको शव फे”ला परेको र घरलाई शिलबन्दी गरेको छ । जिल्ला प्र”हरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले तालिम प्राप्त कुकुर ल्याएर मात्र अनुसन्धान अगाडि बढाउने बताए । शेरचन सोही घरमा एक्लै बस्दै आएकी थिइन् । घटनाको दृश्य हेर्दा ह”त्या गरिएको हुन सक्ने प्रारम्भिक अनुमान प्र”हरीको छ ।
उनको घरको चेनगेट बन्द अवस्थामा छ । तालिम प्राप्त कुकुर नल्याएसम्म गेट नखोलिने प्रहरी प्रमुख रानाभाटले जानकारी दिए । शेरचन आज बिहान घरबाट बाहिर ननिस्किएपछि छिमेकीले सोधखोज गर्दा उनको शव हात र खुट्टा टेपले बाँधेको अवस्थामा देखेपछि प्र”हरीलाई खबर गरेका थिए । शेरचनले विगत ४० वर्षदेखि गंगा होटल सञ्चालन गर्दै आएकी थिइन् । उनको श”व चेनगेट नजिकै रहेको छिमेकीले बताएका छन् । गंगादेवीकी आफन्त सुनील शेरचेनले घटना सं”कास्पद भएकाले बिशेष अनुसन्धान कुकुरमार्फत गर्न माग गरेका छन् । उनी अविवाहित महिला हुन ।
यो पनि पढ्नुहोस
मादक पदार्थ सेवन गरी गाडी चलाउनेमात्रै होइन, झै-झगडा गर्ने अनि प्र”हरीलाई पनि नटेर्ने गर्दै आएका पोखराका युवा अटो व्यवसायीलाई कास्की प्र”हरीले पक्रेको छ। अटो व्यवसायी २५ वर्षे सौरभ थापा पछिल्लोपटक फेरि प्र’हरीमाथि अभद्र व्यवहार गरेपछि प”क्राउ परेका हुन्। उनलाई पक्रेर अ’भद्र व्यवहारसम्बन्धी मुद्दा चलाउन प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार ५ दिनअघि थापा प”क्राउ परेका हुन्।
नेपाल अटोमोबाइल डिलर्स एसोसिएयसन (नाडा)का गण्डकी प्रदेश समितिका सदस्य सौरभका बुबा ध्रुव थापा नाडाका केन्द्रीय अध्यक्ष हुन्। ध्रुवका दाजु बिन्दुकुमार थापा गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका प्रभावशाली सांसद हुन्। पूर्वमन्त्रीसमेत रहेका आफ्ना ठूलाबुबाको नामसमेत लिँदै भतिजा सौरभले यसअघि पनि पटक-पटक प्रहरी र अरु सर्वसाधारणलाई पनि अभद्र व्यवहार गर्दै आएको प्र”हरी स्रोत बताउँछ।
‘यसपटकचाहिँ राति ३ बजे मादकपदार्थ सेवन गरी गाडी चलारहँदा सौरभ प्रहरी चेकिङमा परेका थिए,’ प्रहरी स्रोत भन्छ, ‘तर प्रहरीलाई नटेरी भाग्न खोजे र गाडीको ढोकाले उल्टै प्रहरीलाई लाग्यो र हात भाँ”च्चियो।’