अष्ट्रेलियामा बिरामी पिटेको आ”रोपमा नेपाली नर्स अस्मिता पाण्डे प”क्राउ परेकी छन्। उनले बिरामीलाई पि’टेको र धक्का दिएको आरोपमा प’क्राउ गरिएको हो। यो कसुरमा पाण्डेलाई जे’ल सजाय हुन सक्ने बताइएको छ। हालः ग’र्भवती रहेकी अस्मितालाई अष्ट्रेलियामा स्वास्थ्य क्षेत्रमा काम गर्न बन्देज लगाइएको छ। उनको मुद्दाको अन्तिम सुनुवाई मार्चमा हुने बताइएको छ।
यो पनि पढ्नुहोस
प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन्। उनीहरूबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच उपनिर्वाचन,गृहमन्त्रालय र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ। यसअघि सोमबार साँझ पनि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए।
सर्वोच्च अदालतले लामिछानेलाई नेपाली नागरिकता विवादमा दोषी ठहर गरिदिएपछि उनले प्रक्रिया पुर्याएर पुन: नागरिकताको प्रतिलिपि लिएका छन्। नयाँ नागरिकता लिएसँगै रास्वपाले लामिछानेलाई पार्टी सभापति बनाएको छ। रास्वपाले फेरि गृहमन्त्रीमा दावी गरेपनि प्रधानमन्त्री प्रचण्ड नदिने मनस्थितिमा छन्। रास्वपाले भने गृहमन्त्रीमा आफ्नो दावी कायम राखेको छ।