फरार ६ थुनुवामध्ये एकजना नियन्त्रणमा, ५ को खोजी जारी


धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित इलाका प्र”हरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फ”रार भएका ६ जना थुनुवामध्ये एकजनालाई प्र’हरीले प”क्राउ गरेको छ । प”क्राउ पर्नेमा मिथिला नगरपालिका ६ का २८ वर्षीय रोशन महतो रहेका छन् । इलाका प्र”हरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट भित्ता फोडेर सोमबार बिहान ६ जना थुनुवा फरार भएका थिए ।

हिरासत कक्षबाटै थुनु’वाहरू फरार भएपछि जिल्ला प्र’हरी कार्यालय धनुषा र मधेस प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेशन टोली खटाएर खोजतलास तीव्र पारेको छ । सो टोलीले फरार थुनुवामध्ये महतोलाई प”क्राउ गर्न सफल भएको हो । महतोमाथि हातह”तियार खरखजाना मुद्दा चलिरहेको छ । उनलाई ह”तियारसहित प्रहरीले गत शनिबार मात्रै प”क्राउ गरेर सार्वजनिक गरेको थियो । यता फरार रहेका बाँकी ५ जनाको खोज तलाश तीव्ररूपमा भइरहेको प्र”हरीले जनाएको छ ।

यो पनि पढ्नुहोस
बर्दियाको बाँसगढी नगरपालिका-५ मा गएराति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृ”त्यु भएको छ। मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका-२ का ५६ वर्षीय भागिराम थारु रहेका छन्। दु”र्घटनामा ग”म्भीर घा”इते भएका थारुको नेपालगंज मेडिकल कलेज कोहलपुरमा मृ”त्यु भएको हो। भे ४ प ५१७६ नम्बरको मोटरसाइकल गएराति १० बजे अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाले जानकारी दिएको छ।