सङ्खुवासभामा अरुण तेस्रोको सुरुङ भत्कियो, एक जनाको मृ’त्यु


सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ भ”त्किँदा एक जनाको मृ”त्यु भएको छ भने ३ जना घा”इते भएका छन् । सुरुङभित्र काम गरिरहँदा एक्कासि भ”त्किएर सिन्धुपाल्चोकका २० वर्षीय सूर्य गोले तामाङको मृ”त्यु भएको हो । चिचिलाको पुछुवास्थित सुरुङभित्र काम गर्ने क्रममा भ”त्किदा गोलेको घटनास्थलमै मृ”त्यु भएको सङ्खुवासभा प्र”हरीले जानकारी दिएको छ । घ”टनामा तिन जना घा”इते भएको प्रहरी भनाइ छ ।

यो पनि पढ्नुहोस
कर्णाली राजमार्गमा फोर्स गाडी दु”र्घटनामा परेको छ। मंगलबार साँझ राजमार्गअन्तर्गत चामुण्डाविन्द्रासैनी नगरपालिका-७ रामाघाट नजिकै गाडी दु”र्घटनामा परेको हो। प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको गाडी दु”र्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वरप्रसाद साहले बताए। गाडी दुर्घटनामा १३ जना घाइते भएको डीएसपी साहले जानकारी दिए।

उक्त गाडीमा चालक र सहचालकसहित १३ जना सवार थिए। घा”इतेहरुको उद्धार गरी स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको थियो। स्थानीय मेडिकलबाट उपचारपछि तीन जना डिस्चार्ज भएका छन्। अन्य १० जनालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको डीएसपी साहले बताए। गाडी सडकबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीको किनारमा खसेको प्र”हरीले जनाएको छ। गाडी चालकलाई नियन्त्रणमा लिएर प्र”हरीले थप अनुसन्धान थालेको छ।