क’रणीको मुद्दा लगाएकी निहारिका राजपुत भन्ने सोनाली कुमारी सिंहले शिवराज श्रेष्ठ बिच मिलापत्र


कुमारी आमा भनेर चर्चा पाएकी निहारिका राजपूतले शिवराज श्रेष्ठलाई आफ्नो पति भन्दै मिलापत्र गरेकी छिन् । आफूमाथि बला”त्कार भएको तर जिल्ला अदालतले सफाइ दिएको भनेर उच्च अदालतमा पुनरावेदनको मुद्दा लडिरहेकी उनी अन्तत मिलापत्र गर्ने स्थिितमा पुगेकी हुन् । शिवराज र निहारिकाबीच प्रेमसम्बन्ध रहेको र प्रेमसम्बन्धमा समयमा भएको शारीरिक सम्बन्धलाई जबरज”स्ती क”रणी भनी मान्न नमिल्ने भन्दै शिवराजलाई सफाइ दिएपछि उनले काठमाडौँमा आएर पटक पटक धर्ना बसेर अधिकारकर्मीको सहायता लिएर दबाब दिइन् र अधिकार पाउने अवस्थामा पुगेकी हुन् ।

माघ १६ गते नै शिवराज र निहारिकाबीच धनुषा जिल्ला अदालतमा मिलापत्र भई अब ‘श्रीमान्–श्रीमती’ मिलेर बस्ने र मुद्दा फिर्ता लिने मिलापत्र भएसँगै बला”त्कार मुद्दाको पुनरावेदनको निवेदन पनि प्रभावित हुने भएको छ । निहारिका आफैँले अदालतमा निवेदन दिई आफूहरू मिलेर बस्न लागेको अदालतमा जानकारी गराएकी छिन् ।

यो पनि पढ्नुहोस
कर्णाली राजमार्गमा फोर्स गाडी दु”र्घटनामा परेको छ। मंगलबार साँझ राजमार्गअन्तर्गत चामुण्डाविन्द्रासैनी नगरपालिका-७ रामाघाट नजिकै गाडी दु”र्घटनामा परेको हो। प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको गाडी दु”र्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वरप्रसाद साहले बताए। गाडी दु”र्घटनामा १३ जना घा”इते भएको डीएसपी साहले जानकारी दिए।

उक्त गाडीमा चालक र सहचालकसहित १३ जना सवार थिए। घा”इतेहरुको उद्धार गरी स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको थियो। स्थानीय मेडिकलबाट उपचारपछि तीन जना डिस्चार्ज भएका छन्। अन्य १० जनालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको डीएसपी साहले बताए। गाडी सडकबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीको किनारमा खसेको प्र”हरीले जनाएको छ। गाडी चालकलाई नियन्त्रणमा लिएर प्र”हरीले थप अनुसन्धान थालेको छ।