हथौडाले हानेर भारतीय नागरिकको ह”त्या, श्रीमान-श्रीमती प”क्राउ


भारतीय नागरिकको ह”त्या आरोपित दम्पतीलाई गुल्मी प्र”हरीले सार्वजनिक गरेको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर एकका ५६ वर्षीय छबिलाल अधिकारी र उनकी ४८ वर्षीया श्रीमती विष्णु अधिकारीलाई आज जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । उनिहरुले माघ १२ गते राती भारतको बिहार घर भएका ४४ वर्षीय शेख आलिनामको ह”त्या गरेको स्वीकार गरेको जिल्ला प्र”हरी कार्यालय गुल्मीले जनाएको छ ।

होटल व्यवसाय गर्दै आएका अधिकारी दम्पतीको होटलमा माघ १२ गते राती शेख आलिनामले मदिरा सेवन गरि विष्णु अधिकारीलाई यौनजन्य दुव्र्य”वहार गरे पछि उनका श्रीमान छबिलाल अधिकारीले हथौड़ाले टाउकोमा हानेर ह”त्या गरेको र श्रीमतीको सहयोगमा बोरामा हालेर कालीगण्डकी नदिमा बगाईदिएको प्रहरीको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्र’हरी उपरीक्षक अर्जुन रानाभाटले बताए ।

भारतीय नागरिक शेख आलिनामले सुन पसलको धुलो प्रशोधन गर्ने काम गर्दै आएको बुझिएको छ । उनको शव माघ १९ गते रुरुक्षेत्र गाउँपालिका २ अन्तर्गत पर्ने कालीगण्डकी नदिको किनारमा फेला परेको थियो ।

यो समाचार पनि पढ्नुहोस
ट्याक्टरले ठ”क्कर दिंदा पाल्पामा आमा–छोराको मृ”त्यु भएको छ । शनिबार बिहान ९ बजेतिर लु. २ त. ९८८४ नम्बरको ट्याक्टरले लु.५३ प. ७५७१ नम्बरको स्कुटरलाई ठ”क्कर दिँदा आमा–छोराको मृ”त्यु भएको हो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते तानसेन नगरपालिका–१३, बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र सोही ठाउँका ३९ वर्षीया मिना थापा मिधुनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले मृ”त्यु हुने आमा छोरा रहेको बताएका छन् ।

तानसेनदेखि खानीगाउँतर्फ जाँदै गरेको ट्याक्टरले सोही तर्फ जाँदै गरेको स्कुटरलाई ठ”क्कर दिएको हो । ट्याक्टरको ठ”क्करबाट ग”म्भीर घा”इते आमाछोरालाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा लैजादा चिकित्सकले मृ”त घोषणा गरेका थिए । प्रहरीले ट्याक्टर चालक धादिङका हरिलाल चेपाङलाई नियन्त्रणमा लिएको छ ।