युएईमा एक नेपालीले करिव ८३ करोड रुपैयाँको चिठ्ठा जितेका छन् । कतारमा काम गर्दै आएका धनुषाका रन्जितकुमार पालले २३ मिलियन दिराम अर्थात् करिव ८३ करोड नेपाली रुपैयाँको चिठ्ठा जितेका हुन् । शुक्रबार घोषणा भएको बिग टिकट अबुधावी चिठ्ठाको बिजेता बन्दै उनले यो रकम प्राप्त गरेका हुन् । सात बर्षदेखि कतारमा काम गर्दै आएका पालले जनवरी १६ तारिखमा साथीहरुसँग मिलेर यो चिठ्ठा किनेका थिए । उनी हाल कतारको इष्टर्न एक्सचेन्ज मनी ट्रान्सफरमा काम गर्दै आएका छन् ।
आयोजकसँग कुराकानी भएको र आफ्ना डकुमेन्ट पठाइसकेको उनले बताए । रकम प्राप्त भएपछि चिठ्ठा किन्न लगानी गरेका साथीहरुवीच बाँड्ने र आफ्नो भागमा पर्ने रकम नेपाल पठाउने बताएका छन् । करोडौं रुपैयाँको चिठ्ठा जिते पनि आफुले गर्दै आएको काम नछाड्ने उनको भनाई छ ।
यो समाचार पनि पढ्नुहोस
सरकारमा रहने कि बाहिरिने भन्ने निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक अहिले चलिरहेको छ । बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले माग पूरा गर्न प्रधानमन्त्री प्रचण्डलाई २ दिनको समय दिएको थियो । उक्त समय सकिएपछि रास्वपाले बैठक बोलाएको हो । रास्वपा स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय छाडेर भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेका छन् । रास्वपा बैठकमा गृह मन्त्रालय छाड्ने कि नछाड्ने र सरकारमा रहने कि नरहने भन्नेबारे छलफल भइरहेको एक केन्द्रीय सदस्यले बताएका छन् ।