मनोज पाण्डेलाई आजको सुनुवाईमा अदालतले मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद र रु. ७५, ००० क्षतिपूर्ति पी”डितलाई दिने गरी सजाय सुनाएको छ। जिल्ला अदालत काठमाडौंले मानव बेचबिखनको मुद्दा लागेका मोडल ग्लोबल भिजाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीश दीपक ढकालको इजलासले सात वर्ष कै”द सजाय र पी”डितलाई ७५ हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।
प्र’हरीले जेठ ७ गते स्वयम्भुबाट पाण्डेलाई प”क्राउ गरेको थियो। उनी अहिले पनि पुर्पक्षका लागि थुनामै छन्। जिल्ला परिसर काठमाडौंले अनुसन्धान सकेर गएको जेठ २७ गते आफ्नो प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। पाण्डेद्वारा सञ्चालित मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रम आयोजना गर्छ। मिस ग्लोबल पनि यही कन्सल्टेन्सीले आयोजना गरेको हो।
पाण्डेमाथि आठ वर्षअघि एक किशोरीलाई बला”त्कार गरेको आरोप लागेको थियो। पाण्डे त्यो बेला सौन्दर्य प्रतियोगिता गरेको मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्। त्यतिबेला उनले किशोरी बला”त्कार गरेको आरोपमा अहिले आएर मुद्दा दर्ता गर्न कानुनी अड्चन थियो। बला”त्कार घटनाको उजुरी १ वर्ष भित्रै दिनुपर्ने कानुन भएकाले आठ वर्षपछि बाहिर आएको यो घट’नामा बला”त्कार मुद्दा चलाउन मिलेको थिएन।
त्यसपछि सरकारी वकिलले मानव बेचविखन र बाल यौन दुर्व्य”वहारमा मुद्दा चलाएको थियो। यो घ”टनापछि बला”त्कारका घ”टना उजुरी दर्ता गर्ने हदम्याद हटाउनुपर्ने माग उठेको थियो। व्यवस्थापिका संसदले बला”त्कारमा उजुरी गर्ने म्याद बढाएर २ वर्ष पुर्याएको छ। पाण्डेले मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई आमाबुवाको अनुमतिबिना एउटा ठाउँ भनी अर्को ठाउँ बोलाएर बला”त्कार गरेको र अरूलाई समेत बला”त्कार गर्न लगाएको भन्दै सरकारी वकिलले मानव बेचबिखन र बाल यौन दुराचार मुद्दा लगाएको थियो।
यो समाचार पनि पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेका समर्थकहरूले साेमबार कैलालीमा कान्तिपुर दैनिक पत्रिका जलाएका छन्। कैलालीकाे घोडाघोडी नगरपालिकास्थित सुखड बजारमा आज बिहान केही युवाहरूले कान्तिपुरकाे विराेध स्वरुप पत्रिका जलाएका हुन्। कान्तिपुरले लामिछानेविरुद्ध समाचार लेख्दै आएको भन्दै उनीहरूले साे पत्रिका जलाएकाे बताएका छन्। आइतबार पत्रकार सम्मेलनमार्फत लामिछानेले नेपाली मिडियामाथि असन्तुष्टि जनाएका थिए।
मिडियाले आफूमाथि गलत भूमिका खेलेको दाबी गर्दै रविले मिडिया र त्यसका सम्पादकहरूकाे नामै किटान गरी त्यसको विरोध गरेका थिए। उनले केही मिडियाको विरोध गरेकै कारण उनका समर्थकले पत्रिका जलाएका हुन्। यद्यपि, आज कैलालीमा जला’इएकाे पत्रिका कान्तिपुरद्वारा प्रकाशित आजकाे संस्करण भने हाेइन। कान्तिपुरले आजकाे संस्करणमा ‘रविले देखाए वास्तविक छवि’ हेढलाइनमा समाचार लेखेकाे छ। जसमा मिडियाले रविलाई गरेका सबै प्रश्नहरू राख्दै ती प्रश्न तथ्यपरक भएकाे जनाएकाे छ।यता, नेपाल पत्रकार महासङ्घ कैलालीले पत्रिका जलाएको प्रति आपत्ति जनाएको छ।