सोमबारको भूकम्पमा परि टर्कीका एक गोलकिपरको मृ”त्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार गोलकिपर अहमेत एयुप तुकास्लानको भूकम्पमा परि मृ”त्यु भएको हो । उनको मृत्यु भएको उनी आबद्ध क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ । हाम्रा गोलकिपर अहमेट एयुप तुकास्लान भूकम्पमा परि निधन भएको छ । सुन्दर व्यक्ति तपाईलाई हामी बिर्सने छैनौं,’ द्वीटमा येनी मालत्यास्पोरले भनेको छ ।
२८ वर्षीय गोलकिपर तुकास्लान २०२१ मा येनी मालत्यास्पोमा आबद्ध भएका थिए । उक्त क्लव टर्कीको दोस्रो डिभिजनको क्लव हो । उनी आबद्ध भएपछि उक्त क्लवबाट उनले ६ पटक खेलेका थिए । सोमबारको भूकम्पमा ८ हजार बढीको मृत्यु भइसकेको छ । भूकम्पको केन्द्रविन्दु टर्की र सिसियाको सीमा क्षेत्रमा थियो ।
यो समाचार पनि पढ्नुहोस
काठमाडौंको तीनकुनेमा सवारी दुर्घटना हुँदा एकजनाको मृ”त्यु भएको छ । त्यस्तै अर्का एक ग”म्भीर घा”इते भएका छन् ।बुधबार बिहान कुखुरा बोक्ने जीप र मोटरसाइकल आपसमा ठो”क्कीएर भएको दुर्घ”टनामा मोटरसाइकल चालक २३ वर्षीय नोजन राईको मृ”त्यु भएको प्रहरीले जनाएको छ । उनी भक्तपुरको सुर्यविनायक नगरपालिकाकाका रहेको खुलेको छ । राईको आज बिहान उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृ”त्यु भएको हो ।
त्यस्तै सोही मोटरसाइकलमा सवार सुर्यविनायक नगरपालिका–२, बालकोटका २३ वर्षीय चन्द्र सिलवालको भने उपचार भइरहेको जनाइएको छ । प्रहरीका अनुसार बिहान ३ बजेतिर बा ४९ प ५७७५ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००१ च ३९९८ नम्बरको जीप आपसमा ठो”क्किएर दुर्घटना भएको थियो ।