अभिनेत्री करिश्मा मानन्धरले युट्युबरसँग आफूमाथि जथाभावी बोल्ने डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छन् । एक युट्युबमा खनालले करिश्मालाई रवि लामिछानेसँग जोडेर तथानाम बोलेपछि त्यसविरुद्ध करिश्मा साइबर ब्युरोमा पुगेर उजुरी दिएकी हुन् । आफूमाथि निराधार र जथाभावी लाञ्छना लगाइए असह्य हुने बताउँदै उजुरी हालेको अभिनेत्री करिश्माले भनेकी छन् । उनले खनालसँगै त्यस्तो अन्तर्वार्ता लिने युट्युबप्रति पनि प्रेस काउन्सिलमार्फत समन्वय गर्ने बताएकी छन् ।
अभिनेत्री करिश्माले आफ्नो फेसबुकमार्फत खनालविरुद्ध उजुरी दिएको भन्दै लेखेकी छन् :
उहाँ को हो ? यो अत्ति भयो । भैहाल्यो भने !! कलाकारलाई येस्तै भन्छन् भने सहे !! सहे । हिजो साइबर ब्युरोमा निवेदन हालेको छु । हेरु नेपाल को कानुन कत्तिको बलियो छ । Prem dai भन्नुस म कसरी बसेको थियो ? living together ?? म हिन्दु हु यो विचारलाइ नै विस्वास न गर्ने व्यती हु यो अती भयो । म मेरो संसारमा खुसी छु ।
यो समाचार पनि पढ्नुहोस
राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट नेकपा एमालेका कुमार दसौंदी निर्वाचित भएका छन् । बुधबार सम्पन्न भएको निर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका दसौंदीले ४ हजार २६ मत पाउँदै निर्वाचित भएका हुन् । दसौंदीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७२० मत प्राप्त गरे । यस्तै, नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मत ल्याए।
एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त रिक्त पद रहेको थियो । रिक्त रहेको १ सिटमा बुधबार उपनिर्वाचन भएको हो ।