बोरामा भेटियो महिलाको शव ,प्रहरी भन्छ: घरभित्रै मृत फेला परेकी प्रियंकाको हत्या उनकै श्रीमानले गरे


हत्या गरेर बोरामा पोको पारेर फालेको अवस्थामा मोरङको बूढीगंगा गाउँपालिका-२ अमाहीमा सोमबार दिउँसो एक जना महिलाको शव फेला परेको छ।  विराटनगर महानगरपालिका-१९ की २८ वर्षीया प्रियंका सुनारको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए। 

मोरङ बुढीगंगामा मृत फेला परेकी २८ वर्षीया प्रियंका सुनवारको हत्या उनकै पति रमेश साहले गरेको खुलेको छ विराटनगर-१९ घर भएका साहले आइतबार दिउँसो बाइकमा पत्नीलाई राखेर बुढीगंगा-२ पुर्‍याएर हत्या गरेको मोरङ प्रहरीले जनाएको छ। 

२९ वर्षका उनका पति रमेशले नरसिंह चौधरीको घरमा घाँटी थिचेर हत्या गरेको र सहयोगीहरूको साथ लिएर शव बोरामा हालेको पाइएको प्रहरी भनाइ छ। प्रहरीले रमेश, उनलाई सहयोग गरेको आरोप लागेका मोरङ कटहरी-५ का ६२ वर्षका रमानन्द राम, घरधनी चौधरीसहित चार जनालाई पक्राउ गरेको छ। 

मृतकको पारिवारिक अवस्था, हत्याको कारणबारे सोधपुछ चलिरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।

हत्या गरेर बोरामा पोको पारी फ्यालेको अवस्थामा महिलाको शव रहेको जानकारी पाउना साथ घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी रञ्जन दाहालको नेतृत्वमा टोली परिचालन गरिएको थियो। प्रहरीले घटनास्थलबाट शव उठाएर पोस्टमार्टमका लागि कोसी अस्पताल पुर्‍याएको छ। 

घटनामा संलग्न भएको आशंकामा एक वृद्धसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका-५ का ६२ वर्षीय रामानन्द राम र विराटनगर-१९ का २९ वर्षीय रमेश साह रहेका छन्। 

घटनामा उनीहरुको संलग्नता छ कि छैन भन्ने यकिन हुन बाँकी रहेको डीएसपी कार्कीले बताए। 
घटनाका सम्बन्धमा विस्तृतमा अनुसन्धान अघि बढाइएको उनको भनाइ छ। थप अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने जानकारी कार्कीले दिए।