पोखरा महानगरपालिका वडा नम्बर ५, पर्स्याङबाट हराइरहेका बालक मृत फेला परेका छन् । सोमबार स्कूलबाट फर्केपछि बेपत्ता रहेका ४ वर्षीय सुहान केसी मंगलबार धारापानी मार्ग नजिकै रहेको खुँडेपोखरीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेद जोशीका अनुसार बालक स्कूलबाट फर्केपछि हराएको जानकारी आउनसाथ प्रहरी टोली खोजी कार्यमा जुटेको थियो । नजिकैका सबै बाटो, मैदानतिर खोजी गरी स्थानियसँग सोधपुछ गरेबमोजिम राति अबेरसम्म खोजी गर्दा पनि फेला पार्न नसकिएको र गोताखोर टोलीले आज पोखरीबाट शव निकालेको उनले बताए ।