रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ को विषयलाई लियर युवराज सफलले आफूले सर्वोच्च अदालतमा अर्को रिट निवेदन दर्ता गराउने तयारी थालेको बताएका छन् ।
रवि लामीछाने विरुद्ध सर्वोच्च अदालतमा नागरिकता सम्बन्धी मुद्दा दर्ता गराएका युवराज सफल भने राष्ट्रिय स्वतन्त्र पार्टी नै नरहने दाबी गर्छन । सोही दाबीका साथ आफू फेरि अर्को रिट निवेदन लिएर सर्वोच्च अदालत जाने तयारीमा रहेको उनको भनाइ छ । रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ हिजो सार्वजनिक भएको छ ।
सर्वोच्च अदालतले रवि लामिछानेले विदेशी नागरिकता त्यागेको निस्सा बुझाएर नेपाली नागरिकता पुनप्र्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद कायम नरहने फैसला गरेको छ । फैसलाको पूर्णपाठमा ‘नेपाली नागरिक नभएका व्यक्तिलाई नेपालमा राजनीतिक दल खोल्ने वा संसदीय निर्वाचनमा उम्मेदवार हुने अधिकार रहँदैन भनिएको छ ।
त्यसैले पनि उनको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी कायम रहन्छ कि खारेज हुन्छ भन्नेबारे अहिले नयाँ बहस सुरु भएको छ । नेपाली नागरिक नभएको व्यक्तिलाई नेपालमा राजनीतिक दल खोल्ने अधिकार रहँदैन भनेर सर्वोच्च अदालतले फैसलामा प्रस्ट उल्लेख गरे पनि रवि लामिछानेले विधिवत् रूपमा नेपाली नागरिकता नलिई खारेज भइसकेकै नागरिकताका आधारमा दल दर्ता गरिसकेको अवस्थामा उक्त दल कायम रहन्छ कि खारेज हुन्छ भन्नेबारे केही उल्लेख छैन ।
रवि लामीछाने विरुद्ध सर्वोच्च अदालतमा नागरिकता सम्बन्धी मुद्दा दर्ता गराएका युवराज सफल भने राष्ट्रिय स्वतन्त्र पार्टी नै नरहने दाबी गर्छन । सोही दाबीका साथ आफू फेरि अर्को रिट निवेदन लिएर सर्वोच्च अदालत जाने तयारीमा रहेको उनको भनाइ छ ।