४ बर्ष देखी एक्लै बस्दै आईरहेकी पार्वती आफ्नै घरमा जलेको अवस्थामा मृत फेला


दाङमा आफ्नै घरमा जलेको अवस्थामा एक महिला मृत फेला परेकी छिन् । दंगीशरण गाउँपालिका वडा नं. ५ निवासी ४० वर्षीया पार्वती घर्ती आफ्नै घरमा जलेको अवस्थामा शुक्रबार बिहान ८ बजे मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घरमा एक्लै बस्दै आएकी पार्वती आज बिहान अबेरसम्म नउठेपछि छिमेकी र घर्तीका साईलो बुवा बालाराम घर्तिले उक्त घरको झ्यालबाट हेर्दा बिस्तरामा जलेको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । पार्वती घर्तीसंगै घरमा भएका लत्ता कपडा र खाट पनि जलेको प्रहरीले बताएको छ ।

मृतकको श्रीमान नभएको र ३ जना छोराहरु कामको शिलशिलामा काठमाण्डौ रहेका छन। खवर पाउँना साथ अस्थाई प्रहरी पोष्ट बालापुरका प्रहरी निरिक्षक दिनेश बुढाको कमाण्डमा ३ जनाको टोली खटिएको थियो । घटनाको बारेमा थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिनुभयो ।