दैलेखेमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। भने, एक जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकाे छ। मृत्यु हुनेहरूमा चालक कृष्ण चौधरी, लक्षिराम चौधरी र विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किसोर लम्सालले जानकारी दिए।
गुराँस गाउँपालिका– ४ तालपोखरी बजारनजिक आज बिहान नेपालगञ्जबाट दैलेखका लागि ग्यास लिएर जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक दुर्घटनामा परी चालकसहित तीन जनाको मृत्यु भएको हो।
लम्सालकाअनुसार सहचालक प्रकाश कुमाई घाइते भएका छन्। ट्रक सडकबाट झन्डै १५० मिटर तल खसेको छ।