सुनको मुल्यमा ऐतिहासिक रेकर्ड कायम, तोलाको कति पुग्यो त?


आज सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार रुपैयाँ बढेर आज बुधबार १ लाख ११ हजार रुपैयाँ पुगेको छ ।

यसअघि यही चैत ५ गते सुनको मूल्य सबैभन्दा धेरै पुगेको थियो । सो दिन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य १४ सय ४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो ।