मासिक पारिश्रमिकबाट खेलाडीलाई तीन हजार दिने सांसद शाहीको घोषणा


राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफ्नो हरेक महिनाको पारिश्रमिकबाट तीन हजार रुपैयाँ खेलाडीलाई दिने घोषणा गरेका छन्।

आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले भने, ‘आजको संसदबाट मैले घोषणा गरेको छु, मेरो हरेक महिनाको पारिश्रमिकबाट तीन हजार रुपैयाँ खेलाडीको नाममा जम्मा गरिदिनेछु।’

शाहीले संघ र प्रदेशका सबै सांसदलाई खेलाडीलाई सहयोग गर्न अनुरोध गरे । ‘हामी आठ सय ८४ जना छौँ, यदि हरेक सांसदले महिनाको तीन हजार खेलाडीको नाममा खर्च गर्दा २६ लाख ५२ हजार रुपैयाँ प्रत्येक महिना खेलाडीले पाउँछन् र देशको नाम संसारभर चिनाउन सहयोग पुग्छ,’ उनले भने।