घोराहीका शिक्षक कालोपट्टी बाँधेर विद्यालयमा


नेपाल शिक्षक महासंघको आह्वानमा घोराहीका शिक्षकहरुले आज हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।

घोराही उपमहानगरपालिकाले १ सय १ जना शिक्षकहरुको सरुवा गरेको बिरोधमा काम गरेका हुन । शिक्षक सरुवाको नेपाल शिक्षक महासंघ सहित शिक्षकका बिभिन्न १३ वटा संगठनले विरोध गरेका हुन् ।

जिल्लामा क्रियाशील ८ वटा संगठनले संयुक्त विज्ञप्ति निकालेर पर्सि शुक्रवार दिउँसो २ बजे घोराहीमा बिरोध र्‍याली निकाल्ने भन्दै उपस्थितिको लागि आग्रह गरेका छन् । घोराही उपमहानगरपालिकाले चैत ८ गते दरबन्दी मिलानका नाममा १ सय १ जना शिक्षकको सरुवा गरेपछि शिक्षकहरु आन्दोलित भएका छन् ।
प्राथमिक तहको दरबन्दी मिलानका नाममा मा।वि। निमावि र सहयोगी कार्यकर्ताको ज्यादतीपूर्ण सरुवा गरेपछि आन्दोलनको विकल्प नभएको नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीले जानकारी दिनुभयो ।