पछिल्लो २४ घण्टामा एक सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार नौ सय २५ जनाको नमुना परीक्षण गर्दा एक सय तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा ५३ जना कोरोना सङ्क्रमित रहेको छन् । अहिले नेपालमा तीन सय ७५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयका अनुसार २४ घण्टामा ५४ हजार तीन सय १५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।