दाङमा जीप दुर्घटना हुदा पाँचजना घाइते, दुईको अवस्था गम्भीर

दाङमा यात्रुवाहक जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

सल्यानको कपुरबोटबाट तुलसीपुर आउँदै गरेको रा १ च ३२१ नम्बरको जिप मध्याह्न १२ बजे तुलसीपुर उपमहानगरपालिका–३ शीरखोलामा दुर्घटना भएको हो।

दुर्घटनामा पाँच जना घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिए।

आफूपनि घटनास्थलमा जाँदै गरेको र थप विवरण आइनसकेको उनले बताए।

दुर्घटनामा घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको डिएसपी मल्लले जानकारी दिए।