मिनेन्द्र रिजाल कांग्रेसको केन्द्रीय सदस्य मनोनीत


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्य मनोनयन गरेका छन्। कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा १ बमोजिम रिजाललाई केन्द्रीय सदस्यमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

१४ औं महाधिवेशनमा उनी शेखर कोइराला समूहबाट महामन्त्री उम्मेदवार बनेका थिए।