पाँच वर्षिया बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ


दाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमही नगरपालिका–८, सतबरिया संघर्ष टोलका ५० वर्षीय जनकु चौधरी रहेका छन् । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  

जनकुले गत पुस ११ गते दिउँसो सोही ठाउँस्थित खोल्सामा लगेर ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  साथै थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।