सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले घटेको छ । बिहिबार तोलामा सुन एक लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको मूल्यमा उतारचढाव आइरहेको महासंघको भनाइ छ । त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा एक हजार तीन सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।